छथर गाउँपालिकामा गठबन्धनको पक्षमा जनलहर,एमालेलाई अस्तीत्व जोगाउन सकस

स्थानीय निर्वाचनका लागि तेह्रथुमको छथर गाउँपालिकामा संयुक्त गठबन्धनबाट साझा उमेरद्धारी दिए पछी गठबन्धनको पक्षमा जनलहर बढेको छ । आसन्न बैशाख ३० गते हुन गई रहेको स्थानीय निर्वाचनमा जनलहर बढ्न थालेको हो ।
स्थानिय सरकारले विगतमा योजनाहरुमा रकम बिनियोजनमा नाताबाद कृपाबाद पार्टीको आस्थाको आधारमा बिभेद गरेको भन्दै पछिल्लो समय गठबन्धनको पक्षमा जनलहर बढ्न थालेको नागरिकहरुले बताउन थालेका छन । स्थानीय निर्वाचन पछी निर्वाचित भएपछी नेकपा एमाले पार्टीका नेता र अगुवाहरुका परिवारहरुलाई मात्रै रोजगारीको अवसर दिएको भन्दै पछिल्लो समय असन्तुष्टी बढ्दै गएको हो ।


गाउँपालिका अध्यक्ष,उपाध्यक्ष र ४ वटा वडा जितेको नेकपा एमालले स्थानीय सरकार एकलौटी रुपमा सञ्चालन गरेको भन्दै सामाजिकमा आक्रोस बढ्न थालेको छ । नेतृत्व गर्नेले समाजसेवा गनृु पर्छ की पर्दैन ? आफन्तमा नै बिभेद गर्ने घात गर्ने स्थानीय सरकार प्रमुखमा मावनता खै ? जस्ता विचार सार्वजानिक गर्दै विपना तिगेलाले आक्रोस पोखेकी छिन । पार्टीका आसेपासे तथा नेताहरुका परिवारलाई मात्रै कर्मचारीमा नियुक्ती गर्दै आएको भन्दै छथरबासी नागरिकहरु विगताको सरकार परिर्वतन गर्नु पर्ने अभिब्याक्ती दिन थालेका छन ।


छथरमा गाउँपालिकाको अध्यक्षमा गठबन्धनबाट अन्तरगत नेकपा माओवादीबाट ईन्द्र ईम्सङ र उपाध्यक्षमा नेपाली कांग्रेसका टेकराज तिगेलाले उमेरद्धारी दिएपछी स्वतस्फुर्र्त सर्मथकहरु बढ्न थालेका हुन । गठबन्धनमा जनलहर बढेपछी नेकपा एमालेलाई सकस हुने देखिएको छ । स्थानीय सरकार नेतृत्व गरेको एमाले आफ्नो अस्तीत्व जोखाउनै संकट देखिन थालेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार