कांग्रेस त्यागेका युवा नेता बोहोरा शिवासताक्षीमा राप्रपाबाट वडाध्यक्ष उम्मेद्वार

झापाः शिवसताक्षी नगरपालिका वडा नम्बर २ का डीक बहादुर बोहोरा (हरी दाई) कांग्रेस पार्टी परित्याग गरेर राप्रपाको तर्फबाट वडाध्यक्षमा उम्मेद्वारी दिएका छन् ।

देशमा बहुदलीय व्यवस्था भित्रिएसंगै नेपाली कांग्रेस निकट विद्यार्थी संगठन हुँदै लामो समय कांग्रेस पार्टीमा आवद्ध भई वडाको पार्टी उपसभापतिको जिम्मेवारी सम्हालेका बोहोरा  राप्रपाको पछिल्लो महाधिवेशबाट राजेन्द्र लिङ्देन पार्टी अध्यक्ष बनेपछि कांग्रेस छोडेर राप्रपामा प्रवेश गरेका थिए ।

“भ्रष्टाचार गरेर खानु,आमाको रगत खानु सरह हो ।”  राष्ट्रिय प्रजातन्त्र पार्टीको यो नारा सहित अन्य थुप्रै राष्ट्रवादी एजेण्डाका कारण देशभरका नागरिकको यस पार्टीमा आकर्षण बढिरहेको बेला सच्चा जनप्रतिधि बनेर जनतालाई सेवा दिने उदेश्यका साथ वडाध्यक्ष पदमा मनोनयन दर्ता गराएको उनले बताए ।

उनले भने,“च्याउ उम्रे झैं देशमा फैलिएका विभिन्न पार्टी र तिनका नेताहरु सरकारमा पुग्ने अनि राष्ट्रको सम्पति ब्रम्हलुट गर्दै नातावाद कृपावाद मौलाउन थालेपछि राप्रपा मात्रै अबको विकल्प रहेकोले यस पार्टीको सिपाही बनेको हुँ ।”

प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र संवैधानिक राजसंस्था अहिलेको आवश्यकतासंगै विश्वमा नेपाललाई चिनाउने एउटै मात्र आधार हिन्दु राष्ट्रको पक्षमा जनजाती परिवारका एक नेताको अभियानलाई आत्मसाथ गरेर अहिलेको स्थानीय निर्वाचनमा होमिएको हुँदा वडाबासीले सही र सच्चा उम्मेद्वारलाई मत दिन अपिल गरेका छन् ।

नयाँ पुस्ताहरुलाई राजनिति संस्कार सिकाउन,देशलाई विदेशीले देर्ने दृष्टिकोण परिवर्तन गर्दै मुलुकलाई आत्म निर्भर बनाउने लगायतका मुद्दामा राप्रपाले अगुवाईको भूमिका निर्वाह गर्ने  साथै यसको पक्षमा आम नागरिकमा विश्वास सृजना भएकाले स्थानीयको चाहना अनुसार जनताको अपेक्षा पुरा गर्न पार्टीबाट उम्मेद्वार बनेको उनले बताए ।

२०२६ सालमा इलाम जिल्लाको साविक फाकफोक ४ खाम्बाङ निवासी स्व. रत्नबहादुर बोहोरा र नरमाया बोहोराको जेठ सुपुत्रको रुपमा हालको फाकफोकथहुम १ मा जन्मिएर २०२८ सालमा झापाको साविक धरमपुरको मंगलबारेमा स्थायी बसोबास गर्दै आएका छन् । हाल राप्रपा नगरसमितिका पधाधिकारी सदस्य हुन् । कानुन संकायबाट बिएल अध्ययन गर्दै गर्दा वैदेशिक रोजगारीको शिलसिलामा सिंगापुर,साउदी अरेविया र कतारमा करीब १० वर्ष बसेर धेरै अनुभव समेत बटुलेको उनी बताउँछन् ।

यस क्षेत्रको विकाश निर्माणदेखि अन्य सामाजिक क्षेत्रमा सकृय बोहोरा स्थानीय स्तरमा निकै लोकप्रिय युवा नेताको रुमा परिचित छन् । स्थानीय मंगलबारे बजारको स्वतन्त्र बहुउदेश्य सहकारी संस्थाको संस्थापक प्रमुख सल्लाहकार,मनकामना बोर्डिङ स्कुलका संस्थापक र आफ्नो जीविकोपार्जन गर्न व्यापार व्यावसाय पनि गर्दै आएका छन् ।

यसअघि नेकपा एमालेले यस वडामा वडाको जनप्रतिनिधि पाएकोमा यसपटक राप्रपाले उछिन्ने दावी सहित उनको टिममा वडा सदस्यहरुमा लक्ष्मण आचार्य,योगेन्द्र अधिकारी, भीमा रसाइली र शारदा बुढाथोकीले उम्मेद्वारी दिएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार