नेपाली कांग्रेसका वागी उम्मेद्वारलाई उम्मेदवारी फिर्ता गर्न इलाम सभापतिको आग्रह

  नयाँ बुलन्द
1.8k Shares


इलाम : नेपाली कांग्रेस जिल्ला कार्य समिति इलामले आधिकारीक उम्मेद्वार भएको ठाउँमा स्वतन्त्र (वागी) उम्मेद्वार दिएकाहरुलाई तत्काल उम्मेद्वारी फिर्ता लिन आग्रह गरेका छ ।

नेपाली कांग्रेस जिल्ला सभापति डम्बर बहादुर खड्काले हस्ताक्षर गरेको विज्ञप्ती मार्फत पाटीका आधिकारीक उम्मेद्वार विरुद्ध वागी उम्मेद्वारी दिएका उम्मेद्वारलाई तत्तकाल उम्मेद्वारी फिर्ता लिएर पाटीका आधिकारी उम्मेदवारलाई विजयी गराउँन समन्वय गर्न समेत क्षेत्रीय सभापति , नगर सभापति , वडा सभापतिहरुलाई निर्देशन दिएका छन ।

विज्ञप्तीमा भनिएको छ यदि अटेर गरी उम्मेद्वारी फिर्ता नगरेमा नेपाली कांग्रेसको विधान वमोजिम कार्य नगरी पाटी हित विपरीत गतिविधि गरेको पाइएमा त्यहाँ भएका समिति, महाधिवेशन प्रतिनिधि, सदस्य, महासमिति सदस्यहरुलाई नेपाली कांग्रेसको वागी उम्मेद्वारको बारेमा यर्थात प्रतिवेदन जिल्ला कार्य समितिमा पेश गर्न समेत निर्देशन दिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार