पाँचथरका एक नगरपालिका सहित आठ स्थानीय तहमा ९०३ जनाको मनोनयन (विवरण सहित)

  नयाँ बुलन्द
952 Shares

फाइल तस्वीर

पाँचथर : स्थानीय तह निर्वाचन २०७९ का लागि पाँचथरमा ९ सय ३ जनाले मनोनयन दर्ता गरेका छन् ।जिल्ला निर्वाचन कार्यालय पाँचथरको अनुसार पाँचथरमा पालिका अध्यक्ष र प्रमुखमा ३७ ,उपाध्यक्ष र उपप्रमुखमा २७ जनाले मनोनयन गरेको हुन् ।

वडा अध्यक्षमा २ सय १५ जनाले मनोनयन गरेका छन् भने, सदस्यमा ३ सय ४६ जनाले मनोनयन गरेका छन् । महिला सदस्यमा १५२ र दलित महिला सदस्यमा १२६ जनाले मनोनयन गरेका छन् ।

फिदिम नगरपालिकामा प्रमुखमा ६ र उपप्रमुखमा ४ जनाले मनोनयन गरेका छन् । नगरपालिकाको वडा अध्यक्षमा ५६ जनाले मनोनयन गरेका छन् । वडा सदस्यमा ९७ जनाले मनोनयन गरेका छन् । महिला सदस्यमा ४४ र दलित महिला सदस्यमा ३० गरि २ सय ३७ जनाले मनोनयन गरेका छन् ।

हिलिहाङ गाउँपालिकामा अध्यक्षमा ५ र उपाध्यक्षमा २ जनाले मनोनयन गरेका छन् । हिलिहाङ गाउँपालिकामा वडा अध्यक्षमा २२ जनाले मनोनयन गरेका छन् । वडा सदस्यमा ३३ जनाले मनोनयन गरेका छन् । महिला सदस्य र दलित महिला सदस्यमा १४/१४ जना गरि ९० जनाले मनोनयन गरेका छन् ।

याङवरक गाउँपालिकामा अध्यक्षमा ३ र उपाध्यक्षमा ४ जनाले मनोनयन गरेका छन् । याङवरक गाउँपालिकामा वडा अध्यक्षमा १८ जनाले मनोनयन गरेका छन् । वडा सदस्यमा ३१ जनाले मनोनयन गरेका छन् । महिला सदस्यमा १५ र दलित महिला सदस्यमा १४ गरि ८५ जनाले मनोनयन गरेका छन् ।

फालेलुङ गाउँपालिकामा अध्यक्षमा ५ र उपाध्यक्षमा ४ जनाले मनोनयन गरेका छन् । फालेलुङ गाउँपालिकामा वडा अध्यक्षमा ३० जनाले मनोनयन गरेका छन् । वडा सदस्यमा ४३ जनाले मनोनयन गरेका छन् । महिला सदस्यमा २१ र दलित महिला सदस्यमा १४ गरि ११७ जनाले मनोनयन गरेका छन् ।

फाल्गुनन्द गाउँपालिकामा अध्यक्षमा ५ र उपाध्यक्षमा ४ जनाले मनोनयन गरेका छन् । फाल्गुनन्द गाउँपालिकामा वडा अध्यक्षमा २४ जनाले मनोनयन गरेका छन् । वडा सदस्यमा ३५ जनाले मनोनयन गरेका छन् । महिला सदस्यमा १६ र दलित महिला सदस्यमा १५  गरि ९९ जनाले मनोनयन गरेका छन् ।

मिक्लाजुङ गाउँपालिकामा अध्यक्षमा ६ र उपाध्यक्षमा ४ जनाले मनोनयन गरेका छन् । मिक्लाजुङ गाउँपालिकामा वडा अध्यक्षमा ३० जनाले मनोनयन गरेका छन् । वडा सदस्यमा ४८ जनाले मनोनयन गराएका छन् । महिला सदस्यमा १९ र दलित महिला सदस्यमा १८ गरि १२५ जनाले मनोनयन गरेका छन् ।

कुम्मायक गाउँपालिकामा अध्यक्षमा ४ र उपाध्यक्षमा ३ जनाले मनोनयन गरेका छन् । कुम्मयक गाउँपालिकामा वडा अध्यक्षमा १८ जनाले मनोनयन गरेका छन् । वडा सदस्यमा ३२ जनाले मनोनयन गरेका छन् । महिला सदस्यमा १३ र दलित महिला सदस्यमा ११ गरि ८१ जनाले मनोनयन गरेका छन् ।

तुम्बेवा गाउँपालिकामा अध्यक्षमा ३ र उपाध्यक्षमा २ जनाले मनोनयन गरेका छन् । तुम्बेवा गाउँपालिकामा वडा अध्यक्षमा १७ जनाले मनोनयन गरेका छन् । वडा सदस्यमा २७ जनाले मनोनयन गरेका छन् । महिला सदस्य र दलित महिला सदस्यमा १०/१० जना गरि ६९ जनाले मनोनयन गरेका छन् । -केन्जो खबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार