इलामः फाकफोकथुम गाँउपालिकामा वैशाख ३० गते हुने निर्वाचनको लागि अध्यक्ष र उपाध्यक्षमा पाँच/पाँच जना सहित १२६ जनाले मनोननय दर्ता गराएका छन् ।
नेकपा एमालेको तर्फबाट अध्यक्षमा दिपेन्द्र खनाल,नेपाली कांग्रेसबाट डीक बहादुर थापा,नेकपा मोओवादी केन्द्रबाट बुद्व माया तामाङ, जनता समाजवादी पार्टी,नेपालबाट कृष्ण बहादुर खत्री र मंगोल नेशनल अर्गनाइजेसनबाट ठाकुरसिंह लिम्बु गरि जम्मा पाँच जनाले मनोनयन दर्ता गराएका छन् ।
उपाध्यक्षमा एमालेबाट कल्पना राई, कांग्रेसबाट भद्रमाया खड्का,माओवादी केन्द्रबाट कुल बहादुर वान्तावा,मंगोल नेशनलबाट सोनिया योङहाङ लिम्बु र स्वतन्त्र उम्मेद्वार तेज प्रकाश पौड्याल सहित पाँच जनाको उम्मेद्वारी परेको छ ।
नेकपा एमाले, नेपाली कांग्रेस,नेकपा माओवादी केन्द्र,जनतासमाजवादी पार्टी,नेपाल, नेकपा एकिकृत समाजवादी र मंगोल नेशनल अर्गनाइजरसन गरि जम्मा छ दल चुनावमा सहभागिता रहेका छन् । ३१ जना वडाध्यक्ष,२१ महिला सदस्य,१७ दलित महिला सदस्य र ४७ जना वडा सदस्यहरुले मनोनयन दर्ता गराएको फाकफोकथुम गाउँपालिकाको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।