पाँचथरः फाल्गुनन्द गाँउपालिकामा वैशाख ३० गते हुने निर्वाचनको लागि ५ अध्यक्ष र ४ उपाध्यक्ष सहित ९९ जनाले मनोननय दर्ता गराएका छन् ।
नेकपा एमाले र जनता समाजवादी पार्टी,नेपालको तर्फका अध्यक्षमा साझा उम्मेद्वार वीरबहादुर कुरुम्वाङ र गठबन्धनबाट नेपाली कांग्रेसका बृजहाङ आङ्देम्वेले अध्यक्षमा मनोनयन दर्ता गराएका छन् ।
यस्तै,अध्यक्ष पदमा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट दल सोर चेम्जोङ,संघिय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट अर्जुन चेम्जोङ र राष्ट्रिय जनमुक्ति पार्टीको तर्फबाट इच्छा बहादुर चेम्जोङ गरी जम्मा ५ जनाले अध्यक्षमा मनोनयन दर्ता गराएका छन् । एमालेका कुरुम्बाङ र कांग्रेसका आङ्देम्बे २०७६ सालको उपनिर्वाचनमा पनि यस पालिकाको अध्यक्षमा चुनावी मैदानमा थिए । आठ सय तीन मत अन्तरले आङ्देम्बे हराउँदै कुरुम्बाङ करीब दुई वर्ष चार महिना पालिकाको अध्यक्षमा निर्वाचित भएर काम गरेपछि पुनःअध्यक्षमा दोहोरिन प्रतिस्पर्धामा उत्रेका हुन् ।
नेकपा माओवादी केन्द्रका ठाकुर सिंह नेम्वाङले गठबन्धनका तर्फबाट उपाध्यक्ष पदमा मनोनयन दर्ता गराएका छन् भने नेकपा एमाले र जनता समाजवादी पार्टी,नेपालबाट बविता नेम्वाङले मनोनयन दर्ता गराएकी छिन् । राष्ट्रिय प्रजातन्त्र पार्टीबाट इन्द्र कुमारी चेम्जोङ र संघिय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट सर्मिला बम्जन गरि ४ जनाको उपाध्यक्ष पदमा मनोनयन दर्ता गरेका छन् ।
यसैगरी,१ नम्बर वडाको अध्यक्षमा नेपाली कांग्रेसबाट होम प्रसाद आङ्देम्वे,जनता समाजवादी पार्टी,नेपाल र एमालेबाट साझा उम्मेद्वार शान्ती लिम्बु,संघिय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट बिक्रम कुमार चेम्जोङ र मंगोल नेशनल अर्गनाइजेसनबाट गंगा बहादुर कामी गरि जम्मा ४ जनाले उम्मेद्वारी दर्ता गराएका छन् ।
२ नम्बर वडाको अध्यक्षमा नेपाली कांग्रेसबाट सन्तोष कुमार नेम्वाङ,जनता समाजवादी पार्टी,नेपालबाट जित बहादुर नेम्बाङ,नेकपा एमालेबाट बहादुर सिं नेम्बाङ र मंगोल नेशनल अर्गनाइजेसनबाट शान्ता तामाङ गरि जम्मा ४ जनाको उम्मेद्वारी दर्ता भएको छ ।
३ नम्बर वडाको अध्यक्षमा नेपाली कांग्रेसबाट सुखवीर नेम्बाङ, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट राम कुमार नेम्वाङ र नेकपा एमालेबाट सन्दिप नेम्बाङ गरि जम्मा ३ जनाले उम्मेद्वारी परेको छ ।
वडा नम्बर ४ मा गठबन्धबाट नेकपा माओवादी केन्द्रका दल बहादुर नेम्बाङ र संघिय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट अविन्द्र नेम्बाङ, नेकपा एमालेबाट मन बहादुर चेम्जोङ र जनता समाजवादी पार्टी,नेपालको तर्फबाट टिका नेम्बाङ गरि ४ जनाले मनोनयन दर्ता गराएका छन् ।
५ नम्बर वडाको अध्यक्षमा नेपाली कांग्रेसबाट किरण कुमार चेम्जोङ(गजेन्द्र),नेकपा एमालेबाट बिष्णु कुमार चेम्जोङ, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट रण श्वर नेम्बाङ र राष्ट्रिय जनमुक्ति पार्टीको तर्फबाट छत्र पति चेम्जोङ गरि जम्मा ४ जनाको उम्मेद्वारी दर्ता भएको छ ।
वडा नम्बर ६ मा को अध्यक्षमा नेपाली कांग्रेसबाट नारायण प्रसाद आङ्देम्बे,नेकपा एमालेबाट नरेन्द्र बहादुर चेम्जोङ र संघिय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट धन बहादुर चेम्जोङ गरि जम्मा ३ जनाले मनोनयन गराएका छन् भने वडा नम्बर ७ मा नेपाली कांग्रेसबाट देउ कुमार आङ्देम्बे र नेकपा एमालेबाट प्रेम बहादुर चेम्जोङ गरि जम्मा सात वटा वडामा २४ जनाको उम्मेद्वारी परेको निर्वाचन अधिकृतको कार्यालय फाल्गुनन्दले जानकारी दिएको छ ।
यस पालिकामा जम्मा सात दल चुनावी मैदानमा होमिएका छन् । ती दलबाट १६ महिला सदस्य,१५ दलित महिला सदस्य र ३५ जना वडा सदस्यहरुले मनोनयन दर्ता गराएको पालिकाको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
यसअघिका वडा नम्वर १,२,३,४,६ का अध्यक्ष क्रमशः होम प्रसाद आङ्देम्बे,बहादुर सिं नेम्बाङ,सुख वीर नेम्बाङ,मन बहादुर चेम्जोङ र नारायण प्रसाद आङदेम्बेले पुनः वडाध्यक्ष पदको लागि मनोनयन दर्ता गराएका छन् भने वडा नम्बर ५ र ७ मा नयाँ अनुहार देखिएका छन् । यस पटक पालिकाबाट जम्मा १८ हजार पाँच सय ७६ जना मतदाताले निर्वाचनमा भाग लिन पाउँने छन् ।