मंगलबारे : स्थानिय तह निर्वाचनका लागि इलाम देउमाई नगरपालिकामा गठबन्धन दलका तर्फबाट नेपाली कांग्रेसका होम दुलालले मनोनयन दर्ता गराउनु भएको छ । सोमबार निर्वाचन अधिकृतको कार्यालयमा उहाँले मनोनयन दर्ता गराउनु भएको हो । त्यस्तै उपमेयर पदमा गठबन्धनकै तर्फबाट माओवादी केन्द्रका राम राईले उम्मेद्धारी दर्ता गराउनु भएको छ ।
नेपाली कांग्रेसका तर्फबाट सबै वडा अध्यक्ष पाउने सहमती भएको थियो । जसमा वडा नम्बर एकमा जितेका पुरानै अनुहार आएका छन् । एक नम्बर एकमा वडाध्यक्ष पदका लागि माधव बस्नेतले मनोनयन दर्ता गराएका छन् । दुईमा भवानी राम राईले मनोनयन दर्ता गराएका छन् । वडा नम्बर तीनमा पदमबहादुर कट्वालले मनोनयन दर्ता गराएका छन् । वडा नम्बर चारमा कृष्णराज बरालले मनोनयन दर्ता गराएका छन् । वडा नम्बर पाँचमा पनि पुरानै जितेका उम्मेद्धारले मनोनयन दर्ता गराएका छन् । वडा नम्बर पाँचमा दिलिप कार्कीले मनोनयन दर्ता गराएका छन् । उनी नेपाली कांग्रेसका देउमाई सभापती समेत हुन् ।
वडा नम्बर छ मा सुरेन्द्र कुमार बस्नेत, सातमा रामबहादुर राई, आठमा पूर्णबहादुर राना मगर र नौ मा याम कुमार लिम्बूले मनोनयन दर्ता गराएका छन् ।
सो नगरपालिकामा सुरुमा पाँच दलिय गठबन्धन भनिए पनि पछि मेयर र उपमेयर पदमा भने नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र बिच तालमेल भएको छ । केही वडाहरुमा भने एकिकृत समाजवादीले समेत सघाउने भएका छन् ।