पाँचथरमा गणेशमान सामुदायिक अस्पताल संचालन

  नयाँ बुलन्द
665 Shares

 

 

पाँचथर: सदरमुकाम फिदिममा सामुदायिक अस्पताल संचालनमा आएको छ । १५ शैय्याको गणेशमान सिंह सामुदायिक अस्पताल बिहिवारदेखि संचालनमा आएको हो ।

करिब करिब ४ करोड लागतमा संचालनमा आएको अस्पतालमा विशेषज्ञ चिकित्सकहरूदेखि स्वास्थ्य उपचार सेवा प्रदान गरिने गणेशमान सिंह सामुदायिक अस्पतालका अध्यक्ष सन्तोष श्रेष्ठले जानकारी दिए । अस्पतालमा ओपीडि,२४ औं घण्टा आकस्मिक, भिडियो ए-क्सरे, इसिजीलगायतका सम्पूर्ण सेवाहरु संचालन रहने अस्पताल स्रोतले जानकारी दिएकाे छ ।

‘ओपीडी सेवाहरूमा अहिले गाइनो सम्बन्धी सेवाहरू पनि प्रदान गरिएको छ,’ अस्पतालका सञ्चालक मध्येका मंगल बेघाले भने ‘अत्याधुनिक उपकरणको प्रयोग गरि अस्पताल संचालनमा ल्याएको छ,’ उनले भने, ‘ सामुदायिक अस्पताल सरकारी भन्दा केहि महङगो त होला तर, निजी भन्दा धेरै सहुतियतमा सेवा लिएर आएका छाै‌ं ।’ अस्पतालको विशेष सेवा हार्डजोर्नीलाई प्राथमिकता दिइने बेघाले बताए । हार्डजोर्नी विशेषज्ञ बाट नियमितरुपमा हार्डजोर्नी सम्बन्धिका रोगहरुको उपचार गरिने उनले जानकारी दिए । अस्पतालमा सहुलियत शुल्कमा होलबडी चेकजाँच गर्न सकिने समेत उनले बताएका छन् ।

६४ जना सेयर सदस्यहरुबाट कम्तीमा ५ लाखदेखि बढीमा २५ लाखसम्म सेयर लगानी गरेर अस्पताल संञ्चालनमा ल्याइएको अध्यक्ष श्रेष्ठले जानकारी दिए ।-केन्जाे खबरबाट

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार