नेकपा एमाले इलामको पार्टी कार्यलयमा तालाबन्दी

  नयाँ बुलन्द
4.2k Shares

इलाम: नेकपा एमाले इलामको पार्टी कार्यालयमा उम्मेद्धारी छनौटमा असन्तुष्टी जनाउदै तालाबन्दी गरिएको छ । सनिवार साझ इलाम नगरपालिकाको मेयरमा एमाले नेता नरेन्द्रनाथ भट्टराईको नाम टुंगीएको भनेर सामाजिक संजाल मार्फत सार्वजनिक भए संगै असन्तुष्ट पार्टीका युवाले जिल्ला पार्टी कार्यालयमा तालाबन्दी गरेका हुन ।
मेयरमा सिफारिस भएका ब्यक्तिको बिषयमा छलफल नगरी भट्टराईलाई मेयरमा सिफारिस गरिएको भन्दै नेकपा एमाले नगर कमिटी अध्यक्ष तिलक ठकुरी सहित २२ जनाले सामुहिक राजीनामा दिएका छन ।
एमालेबाट इलाम नगरपालिकाको मेयरका लागि भट्टराई संगै धिरेन चेम्जोङ, कृष्ण श्रेष्ठ  लगायको नाम सिफारिस भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार