पाँचथर फुटबल संघको अध्यक्षमा गणेश राई

  नयाँ बुलन्द
308 Shares

 

पाँचथर: जिल्ला फुटबल संघ पाँचथरको अधिबेशनबाट गणेश राई अध्यक्षमा निर्वाचित भएका छन् । शनिबार भएको मतदानबाट ११ मतदाता संख्या मध्ये ८ मत प्राप्त गर्दै राई विजयी भएका हुन् । उनका प्रतिस्पर्धि विमल श्रेष्टले ३ मत पाए ।

अध्यक्ष राई प्यानलबाट तीन उपाध्यक्ष शिब कुमार लावती,युन्छोहाङ तुम्बापो र सागर नेम्बाङ विजयी भएका छन् । ८ सदस्य मध्ये राई प्यानलको कबिराज तुम्बापो,जर्न बहादुर लावती, अनील थाम्सुहाङ, प्रेमराज चेम्जोङ र बालकुमार थापा मगर बिजयी भएका हुन् ।

महिला सदस्यमा सम्झना राई निर्विरोध निर्वाचित भएकी छिन् भने श्रेष्ट प्यानलबाट कमल लावती, कुबेर आङदेम्बे र श्याम गुरुङ विजयी भएको निर्वाचन समितिले जनाएको छ

संघको पूर्व अध्यक्ष समेत रहेका राई हाल दोस्रो कार्यकालको लागि निर्वाचित भएसंगै उनको नेतृत्वमा १३ सदस्यीय नयाँ कार्यसमिति चयन भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार