जहाँ स्वाभिमानका कुरा हुदैनन् ।
महत्वाकांक्षको बनमारा हुर्किएर पटेर लागेकाे छ ।
अराजक सस्कृती हुर्किएको छ।
प्रत्येकको मस्तिष्कमा अपराधको फुल फुलेर तन्नेरी जोस क्यासिनोको मध्यरातमा फुलेको छ।
इमानको त कुरै नगराै ।
रगत कुल्चिएर पैतालाले इतिहास ब्युजिएको छ टुडिखेलमा र त्यही मुस्कुराउछ्न सत्ताका रहरदार मागहरु
न्यायको कठघरामा धमिरा लागेर सहर
बर्तमानको बन्द कोठाबाट कोतपर्ब चिहाईरहेछ।
त्यो कालो समयको बलियो हातले अठ्याउनु अघि साथी फर्क यतै बरु
देश साक्षि राखेर छातिभरी बुर्कुसी माराेैला।
कुहिराेसङ्गै किनारमा उभिएर
नदिको गितसङ्गै जिवनको सुसेली हालाैला। मेहनत रोपेर बारीभरि
मकैका फुलसङ्ग सुगन्ध साटाैला ।
यहि गाउँकाे खमार प्याराे छ साथी
भाेककाे गाहिराे सपना
धानका थुप्राहरुमा मुस्कुराउछ।
आउ यहि पराले कुन्युमा लुकामारी खेलाैला।
सङ्घर्ष ब्युजिएर बनभरी घासदाउरा गराैला।
जामुनकाे फेदिमा बसेर ि प्रतिकाे लाेहाेरि गाउला। यहि झुल्कन्छ अनन्त सम्भावनाका झुल्के बिहानी
शान्ती वसन्त भएर लटरम्म फुल्छ
हाम्रै बगैंचामा
पर्धा उघारेर बादल मुस्कुराउछ
हाम्रै आकाशमा सहर कोलाजमा आफुलाई उब्याउदो छ ।
प्रत्येक पल
षड्यन्त्रको प्रदुषणले एैठन भएकाे छ
सहर बिलासिताकाे मादकताले मात्तिएको छ
सहर अपुर्णताकाे आकाङ्क्षाले हास्दाे छ
सहर
जिबनकाे रितु ताछिएर बाच्दो छ
सहर
रातदिन कृतिमताको जामा लगाएर नाच्दो छ
सहर