उम्मेदवार छान्न एमालेलाई हम्मेहम्मे

  नयाँ बुलन्द
126 Shares

काठमाडौं । नेकपा (एमाले)लाई महानगर र उपमहानगरपालिकाका उम्मेदवार छान्न हम्मेहम्मे परेको छ । एमालेको केन्द्रीय सचिवालय बैठक निर्धारित समयभन्दा तीन घण्टा ढिला सुरु भएको छ । एमाले अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा दिउँसो ३ बजेलाई बोलाइएको बैठक झण्डै ६ बजे मात्र सुरु भएको हो ।

बैठकले बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि पार्टीको तर्फबाट महानगर र उपमहानगरका उम्मेदवार चयन गर्नेछ ।

महानगर र उपमहानगरका एमाले उम्मेदवार छनोट गर्ने बैठकका मुख्य एजेण्डा रहेको एमाले प्रचार विभाग प्रमुख पृथ्वीसुव्वा गुरुङले जानकारी दिनुभयो ।

हालसम्म ललितपुर, भरतपुर र वीरगन्जबाट एक/एक जनाको नाम मात्रै प्रदेश कमिटीले केन्द्रमा पठाएको एमाले प्रचार विभाग प्रमुख गुरुङको भनाइ छ ।

पोखरा, काठमाडौ र विराटनगरबाट उम्मेदवारमा सिफारिस भएका नामहरूबाट टुंगो लगाउने एमालेको तयारी छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार