सत्तारुढ गठबन्धन अदालतले जडान गरिदिएको थोत्रा टालाहरुको पुतली : अध्यक्ष ओली

सत्तारुढ गठबन्धन अदालतले जडान गरिदिएको थोत्रा टालाहरुको पुतली : अध्यक्ष ओली

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ गठबन्धनलाई ‘अदालतले जडान गरिदिएको थोत्रा टालाहरुको पुतली’को संज्ञा दिनु भएको छ ।

अध्यक्ष ओलीले सत्तारुढ गठबन्धन आफैंलाई भने एमाले सम्झिएर निद्रामा पनि ऐठन हुने गरेको बताउनु भयो ।

शुक्रबार ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति भवनमा पार्टीको स्थानीय तह निर्वाचन घोषणा पत्र सार्वजनिक गर्दै उहाँले बेहाल अवस्थामा रहेको सत्तारुढ गठबन्धनले आफ्नो पार्टीलाई डराएको भन्न नमिल्ने बताउनु भयो ।

अध्यक्ष ओलीले समृद्ध नेपालः सुःखी नेपालीको राष्ट्रिय संकल्पलाई पूरा गर्न पनि एमालेलाई आगामी तीन वटै तहको निर्वाचनमा विजयी गराउनुको विकल्प नरहेको पनि पटकपटक दोहो¥याउनु भयो । पाँच दलीय गठबन्धनले देशलाई बिगारेको उल्लेख गर्दै उहाँले त्यसलाई सही बाटोमा ल्याउन एमालेले आगामी सबै तहको निर्वाचनमा जित्नैपर्ने जिकीर गर्नु भयो ।

अध्यक्ष ओलीले आगामी सबै तहको निर्वाचन जित्ने र मुलुकलाई आत्मविश्वासका साथ बनाउने अभियानमा सहभागी हुन पनि सबै देशबासीलाई आह्वान गर्नु भयो । उहाँले आफ्नो पार्टीले घोषणा गरेको स्थानीय तह निर्वाचनको घोषणा पत्रको सारतत्व समृद्ध नेपालः सुःखी नेपाली बनाउनु रहेको बताउनु भयो । त्यसका लागि आफ्नो पार्टीको नेतृत्वमा तीन वटै तहमा सरकार बनाउनै पर्ने अध्यक्ष ओलीको भनाइ थियो ।

अध्यक्ष ओलीले आफ्नो पार्टी सानो भएको भए सिध्याई दिने अवस्था रहेको पनि बताउनु भयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार