जसपाको घोषणा-पत्र : पालिकामा चक्रपथदेखि मोडल स्कुलसम्म (पूर्णपाठ)

  नयाँ बुलन्द
161 Shares

इलाम : जनता समाजवादी पार्टी (जसपा) ले पालिकाहरूमा स्थानीय विशिष्टाअनुसार चक्रपथ निर्माण गर्ने योजना ल्याएको छ। स्थानीय तह निर्वाचनको घोषणा-पत्र सार्वजनिक गर्दै जसपाले चक्रपथ, पालिका केन्द्र र वडाका केन्द्र जोड्ने सडकसँग गाउँ, बस्ती तथा टोल लिंक रोड बनाउने बताएको छ।

महानगरमा नगर रेल सेवा विकासको सम्भावनाबारे अध्ययन गर्ने घोषणा-पत्रमा उल्लेख छ। सार्वजनिक खानेपानी आयोजनाबाट वितरित खानेपानीमा २ सयसम्मको महसुल छुट दिने, शौचालय सुविधा नपुगेका घरपरिवारलाई १० हजार अनुदान दिनेलगायतका विषय घोषणापत्रमा समावेश गरिएको छ।

जसपाले ‘एक पालिका एक मोडल’ स्कुलको अवधारणा ल्याएको छ। हरेक गाउँपालिकाका केन्द्रमा कम्तीमा विशेषज्ञ सेवासहितको एउटा स्वास्थ्य संस्था खोल्ने, प्रत्येक पालिकामा बर्थिङ सेन्टर स्थापना गर्ने जसपा नीति छ।

संविधानको पुनर्लेखनमा जोड
जसपाले संविधान लेखनको समयमा पार्टीको गम्भीर सैद्धान्तिक विमति भएको घोषणा-पत्रमा उल्लेख गरेको छ। ‘विशेषत: पहिचानमा आधारित प्रदेशको रचना, प्रत्यक्ष निर्वाचित कार्यकारी र पूर्ण समानुपातिक निर्वाचन प्रणालीको शासकीय स्वरूप, प्रदेशका क्षेत्राधिकार, बुहुभाषिक तथा बहुसांस्कृतिकवादमा आधारित राज्य तथा नागरिकतासम्बन्धी केही प्रावधानहरू हाम्रा अहिलेको संविधानसँग विमतिका विषय हुन्,’ घोषणा-पत्रमा भनिएको छ, ‘तसर्थ स्थानीय निर्वाचनको अभियान स‍‍ंचालन गर्दै गर्दा संविधान संशोधन तथा पुनर्लेखनको पक्षमा पार्टीले जनआवाजलाई अझ जोडले मुखरित गर्नेछ।’

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार