निर्वाचन आचारसंहिता पालनामा माङसेबुङका सरोकारवालाहरु प्रतिवद्ध

  नयाँ बुलन्द
315 Shares

माङसेबुङ : स्थानीय तह सदस्य निर्वाचन २०७९ का लागि निर्वाचन आयोगले जारी गरेको  निर्वाचन आचारसंहिता पालनाका लागि माङसेबुङ गाउँपालिकाका राजनीतिक दलहरुले प्रतिवद्धता जनाएका छन् ।

विहीबार माङसेबुङ गाउँपालिकामा निर्वाचन अधिकृतको कार्यालय स्थापना पश्चात आयोजित सर्वदलीय बैठकमा सरोकारवालाहरुले त्यस्तो प्रतिवद्धता जनाएका हुन् ।

राजनीतिक दलसहित सरोकारवालाहरुले आचारसंहिता पालना गर्दै स्थानीय तहको निर्वाचन स्वतन्त्र, निश्पक्ष र धाँदलीरहित रपमा सम्पन्न गर्न सामूहिक प्रतिवद्धता जनाएका हुन् ।

निर्वाचन अधिकृत घनेन्द्र अधिकारीले निर्वाचन आयोगले जारी गरेको आचारसंहिताका बारेमा जानकारी गराएका थिए ।

बैठकले माङसेबुङ गाउँपालिकाका जनप्रतिनिधिहरुले प्रयोग गर्दै आएको मोटरसाईकल, ल्यापटपलगायतका सामग्री गाउँपालिकामा बुझाउने निर्णय गरेको छ । त्यसका लागि सहयोग गर्न सम्बन्धित राजनीतिक दलहरुलाई सहयोग गर्न सहायक निर्वाचन अधिकृत प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सुवेदीले अनुरोध गरे ।

कार्यक्रममा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी नेपाल, राष्ट्रिय जनमुक्ति पार्टी नेपालका प्रतिनिधिहको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार