माङसेबुङ : माङसेबुङ गाउँपालिका वडा नम्बर ६ को दुई स्थानमा दुई दिने घुम्ती सेवा शिविर सम्पन्न भएको छ ।
माङसेबुङ गाउँपालिकाको आयोजनामा बुधबार टोड्केमा र विहीबार वडा कार्यालय चिसोपानी पंचमीमा घुम्ती सेवा शिविर संचालन भएको हो ।
शिविरमा व्यक्तिगत घटना दर्ता तथा सामाजिक सुरक्षासँग सम्बन्धित सेवा प्रवाह भएको थियो । त्यस्तै स्वास्थ शाखाबाट सामान्य उपचार, कृषि शाखाबाट वीउविजन वितरण, पशु सेवा शाखाबाट बन्ध्याकरण, औषधि उपचार, गर्भ परिक्षण, गोबर परिक्षण रेविज खोपको सेवा दिईएको थियो ।
त्यस्तै सुरक्षित आप्रवासन परियोजना (सामी) बाट बैदेशिक रोजगारीसँग सम्बन्धित जानकारी, ठगि मुद्दाको कानुनि उपचार, मृत्यु र अंगभङ्ग भएका कामदारको हकमा क्षतिपूर्ति र निशुल्क सीप तालिम सम्मन्धी जानकारी दिईएको थियो ।
शिविरमा करिब २५० घरधुरीका सेवाग्राहीले सेवा लिएको सामी परियोजनाका वित्तीय साक्षरता सहजकर्ता विपीन खुलालले जानकारी दिए ।
एकै स्थानबाट विभिन्न प्रकारका सेवा लिन पाएपछि स्थानीय सेवाग्राहीहरु सुखी भएका छन् ।