माङसेबुङमा निर्वाचन अधिकृतको कार्यालय स्थापना

  नयाँ बुलन्द
490 Shares

माङसेबुङ :  स्थानीय तहको निर्वाचन प्रक्रिया अन्तर्गत इलामको माङसेबुङ गाउँपालिकामा विहीबार निर्वाचन अधिकृतको कार्यालय  स्थापना भएको छ ।

माङसेबुङ २ स्थित वडा कार्यालयको भवनमा निर्वाचन अधिकृत कार्यालय स्थापना भएको हो । कार्यालयको उद्घाटन निर्वाचन अधिकृत घनेन्द्र अधिकारीले गरेका हुन् ।

उद्घाटन कार्यक्रमपछि निर्वाचन अधिकृत अधिकारीले स्वतन्त्र, निश्पक्ष, धाँदलीरहित रुपमा निवार्चन सम्पन्न गर्नका लागि सबैलार्इ सहयोग गर्न अनुरोध गरे ।

उद्घटन कार्यक्रममा राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि एवम् पत्रकारहरु सहभागी थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार