माङसेबुङ : इलामको माङसेबुङ गाउँपालिका ३ स्थित चतुरेमा संचालित व्यवसायिक योजना सम्बन्धी दुई दिने तालिम बुधबार सकिएको छ ।
व्यवसायमा संलग्न युवाहरुलाई व्यावसायिक योजना निर्माण गरी व्यवसायको प्रबर्द्धन गर्ने उदेश्यले संचालित तालिममा वडाका १४ जना व्यवसायीहरुको सहभागिता रहेको थियो ।
तालिमका सहभागीहरुलाई उद्यम विकास सहजकर्ता कमल ढकालले सहजीकरण गरेका थिए ।
तालिम माङसेबुङ गाउँपालिका ३ नम्बर वडा कार्यालयको सहयोगमा बुलन्द मल्टिटेक्निकल मिडिया प्रालिको आयोजनामा संचालन भएको थियो ।
बुलन्द मल्टिटेक्निकल मिडिया प्रालिका अध्यक्ष राम योङहाङको अध्यक्षता र वडा अध्यक्ष मैतराज राईको प्रमुख आतिथ्यतामा भएको समापन कार्यक्रमको संचालन बालकृष्ण बस्नेतले गरेका थिए ।