माङबुङ ३ नम्बर वडा कार्यालयको सार्वजनिक सुनुवाई सम्पन्न

  नयाँ बुलन्द
140 Shares

माङसेबुङ : माङसेबुङ गाउँपालिका ३ नम्बर वडा कार्यालयको सार्वजनिक सुनुवाई कार्यक्रम बुधबार चतुरेस्थित वडा कार्यालयको सभाहलमा सम्पन्न भएको छ ।

वडा कार्यालयको आयोजना र बुलन्द मल्टिटेक्निकल मिडिया प्रालिको सहजीकरणमा सार्वजनिक सुनुवाई कार्यक्रम भएको हो ।  कार्यक्रममा करिब ५० वडाबासीको उपस्थिती रहेको कार्यक्रममा ९ जना सेवाग्राहीले प्रत्यक्ष चासो र गुनासो राखेका थिए ।

कार्यक्रममा सेवाग्राहीबाट आइतराज साम्बा लिम्बू, सबिन राई , डिल्ली कुमार राई , ज्ञान् बहादुर राई ,मोनिहाङ राई ,बल बहादुर काफ्ले ,देउमान साम्बा लिम्बू ,चन्द्र साम्बा लिम्बू लगायतले प्रश्न र सुझाव राखेका थिए । प्रश्नकर्ताको प्रश्नको जवाफ वडा अध्यक्ष मैतराज राईले दिएका थिए । उले आगामी दिनमा कार्यालयले आवश्यक सुधार गर्दै अघि बढ्ने प्रतिवद्धता जनाए ।

कार्यक्रममा सहजकर्ता राम योङहाङले ३० जनाको नागरिक प्रतिवेदन पत्र र ३० जनाको बहिर्गमन अभिमतको नतिजा प्रस्तुत गरेको थिए । बहिर्गमन अभिमतबाट प्राप्त प्रतिक्रियामा राम्रो पक्षसँगै र सुधार गर्नुपर्ने विषयहरु औंल्याइएको थियो ।

कार्यक्रमको प्रत्यक्ष प्रशारण रेडियो माङसेबुङ १०४.६ मेगाहर्जबाट भएको थियोे ।

जनप्रतिनिधि तथा कर्मचारीहरूमा जवाफदेही संस्कार बसाउने एवम् दोहोरो संवादबाट जिम्मेवार अधिकारी र नागरिक बीचको दूरी कम गरी सेवा, वस्तु र सुविधा प्रदायक अधिकारी सहजकर्तामा रुपान्तरीत भई सुशासनको प्रत्याभूति दिने उदेश्यले सार्वजनिक सुनुवाई कार्यक्रम भएको हो ।

सार्वजनिक सुनुवाई कार्यक्रमले शासन सञ्चालनमा पारदर्शिता, नेतृत्वमा जवाफदेहिता र सार्वजनिक चासोका बिषयमा आम नागरिकहरूको सूचनामा पहुँचलाई मजबुत बनाउनुका साथै सार्वजनिक सेवा, वस्तु र निर्णय प्रकृयामा आम नागरिकको सहभागितालाई प्रवर्द्धन गर्न योगदान गर्ने विश्वास छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार