इलाम : स्थानीय तहको निर्वाचन प्रक्रिया अन्तर्गत इलाममा आज बिहिबार मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको छ ।
इलाम सदरमुकामको इलाम नगरपालिका वार्ड ७ मा रहेको जिल्ला समन्वय समितिको नयाँ कार्यलयमा मुख्य निर्वाचन अधिकृत कार्यलय उद्घाटन भएकाे हाे ।
मुख्य निर्वाचन अधिकृत एवम् जिल्ला न्यायाधीश हरिसचन्द्र इङ्नामले कार्यालयको उद्घटन गरेका हुन ।
उद्घटन कार्यक्रममा मुख्य निर्वाचन अधिकृत इङ्नामले निवार्चन सम्पन्न गर्नका लागी सबैलार्इ सहयाेग गर्न अनुराेध गरे । प्रमुख जिल्ला अधिकारी माधब प्रसाद ढुंगानाले भयरहित वातावरणमा चुनाव गर्ने गरी तयारी भइरहेकाे बताएका थिए ।
उद्घटन कार्यक्रममा राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि तथा सरकारी कार्यलयका प्रमुखहरू र पत्रकारहरु सहभागी थिए ।