‘चो?लुङ पार्क’ म्यूजिक भिडियो सार्वजनिक ।

गायिका सुनिता संयक र पेपराज माबोहाङको स्वरमा रहेको ‘चो?लुङ पार्क’ बोलको गितको म्यूजिक भिडियो सार्वजनिक भएको छ

  टिआर सेनेहाङ
7 Shares

तेह्रथुम,६ बैशाख
गायिका सुनिता संयक र पेपराज माबोहाङको स्वरमा रहेको ‘चो?लुङ पार्क’ बोलको गितको म्यूजिक भिडियो सार्वजनिक भएको छ । पेसल माबोहाङको शब्द र संजय तुम्बाहाङफेको संगित रहेको यस गितको म्यूजिक भिडियो राजधानी स्थित एक कार्यक्रमका बिच सार्वजनिक गरिएको हो । भिडियोमा मुख्य कलाकारको रुपमा समाजसेवी त्रिभुवन लुम्फुङवा लिम्बु र सोना पालुङवा रहेका छन् ।

ले कलाकारिताको यात्रा तय गरेका छन् । बिगत लामो समय देखी हङकङमा कार्यरत लिम्बुले हालै ‘चोःलुङ पार्क’ बोलको म्यूजिक भिडियो खेलेका छन् । गायिका सुनिता संयक र पेपराज माबोहाङको स्वरमा रेकर्ड भएको गितबाट त्रिभुवनले आफ्नो मोडलिङ यात्राको औपचारिक सुरुवात गरेका हुन् । पेसल माबोहाङको शब्द र संजय तुम्बाहाङफेको संगित रहेको यस गितको म्यूजिक भिडियोमा कलाकार सोना लिम्बुलाई त्रिभुवनको जोडिको रुपमा देख्न पाईन्छ ।

तरुण युुवा युवतीको पहिलो भेट मायामा प्ररिणत भई विवाहको मगनीसम्म भएको कथावस्तु समेटिएको यस भिडियोले दर्शक श्रोताको मन जित्ने कुरामा आफु विश्वस्त रहेको भिडियोका निर्देशक तथा छायाँकार भुपेन्द्र तुम्बाहाङफेले बताए । थैली ईन्टरटेनमेन्टको प्रस्तुतीमा निर्माण भएको यस भिडियोमा सहायक कलाकारको रुपमा संगिता लावती,बिष्णु मोक्तान,टीआर सेनेहाङ,रविकिरण लिम्बु,फिपराज थुलुङ,रितुराज लिम्बु,दुर्गा तेयुङ लगायत छन् । भिडियो निर्माणका लागी किराँत याक्थुङ चुम्लुङ हङकङका उपाध्यक्ष शेरबहादुर लक्साम्बा, हङकङ तेह्रथुम मंचका उपाध्यक्ष हिम सिंगक, चलचित्र निर्माता पृथ्वी ईङनाम र किराँत याक्थुङ चुम्लुङ हङकङका सदस्य रेजिन साँवाले सहयोग गरेका छन् ।

दिनेश माङमुको सहायक निर्देशन साथै कृष्ण सुवेदीको श्रृङगार रहेको यो भिडियो तेह्रथुमको पर्यटकिय स्थल चोःलुङ पार्क, तिन्जुरे,गुफापोखरी लगायतका क्षेत्रमा छायांकन गरिएको हो ।

भिडियो यता छ,

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार