इलाम सहित प्रदेश १ मा गठबन्धनमै गाँठो

  नयाँ बुलन्द
294 Shares

कुनकुन पालिकाका प्रमुख र उपप्रमुख कुन दलले लिनेभन्ने विषयमा सहमति जुट्न नसकेको हो । सत्ता राजनीतिको केन्द्रमा रहेका दलबीच चुनावी तालमेलका लागि इमान्दार नबनेको आरोप एकअर्कालाई लगाउने क्रम सुरु भएको छ ।

प्रदेश १  : स्थानीय तह निर्वाचन नजिकिँदै गइरहे पनि प्रदेश १ मा सत्तारुढ गठबन्धनमा उम्मेदवार छनोट सकसपूर्ण बनिरहेको छ । चुनावी तालमेलका विषयमा पालिकाको भागबण्डा मिल्न नसक्दा गठबन्धनको गाँठो फुक्न सकेको छैन । गठबन्धनको प्रारम्भिक खाका शनिबार आउने भनिए पनि कुनै निस्कर्ष निस्कन नसक्दा गठबन्धन धरापमा परेको छ ।

प्रदेश १ मा गठबन्धनमै गाँठो

गठबन्धनभित्रको विवाद उग्र बनेको छ । शीर्ष नेताले स्थानीय तहमा गठबन्धन गरेर चुनावमा भाग लिन दिएको निर्देशन प्रदेश १ का १४ वटै जिल्लामा कार्यान्वयन नहुने अवस्थामा पुगेको हो । केही स्थानीय तहमा केन्द्रीय निर्देशनविपरीत चुनावको तयारी भइरहेको छ ।

दलहरुले आआफ्नो हिसाबमा चुनावी अभियान, सभा र प्रचारप्रसारलाई भने तीव्र पारेका छन् । उम्मेदवारी मनोनयनको समय नजिकिँदै जाँदा पनि छलफल, संवाद र बैठकबाट तालमेलका लागि गरिएका प्रयास सफल हुन सकिरहेको छैन  । कुनकुन पालिकाका प्रमुख र उपप्रमुख कुन दलले लिनेभन्ने विषयमा सहमति जुट्न नसकेको हो । सत्ता राजनीतिको केन्द्रमा रहेका दलबीच चुनावी तालमेलका लागि इमान्दार नबनेको आरोप एकअर्कालाई लगाउने क्रम सुरु भएको छ । सिट बाँडफाँटलाई लिएर कांग्रेस र माओवादीबीच ठूलो मतभेद छ । जनाधार कमजोर रहेका दलहरु चुनावी तालमेलमा जोड दिइरहेका छन् । तर सिट बाँडफाँटमा उनीहरुको दाबीलाई कांग्रेसले स्वीकार गरेको छैन । कांग्रेसका अधिकांश नेता कार्यकर्ता तालमेलको विपक्षमा छन् ।

नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी (जसपा)समेतका दलबीच सिट बाडफाँटमा कुरा नमिल्दा प्रदेश १ मा गठबन्धन धर्मराएको छ । सिट बाँडफाँटलाई लिएर कांग्रेस र माओवादीबीच ठूलो मतभेद छ । जनाधार कमजोर रहेका दलहरु चुनावी तालमेलमा जोड दिइरहेका छन् । तर सिट बाँडफाँटमा उनीहरुको दाबीलाई कांग्रेसले स्वीकार गरेको छैन । कांग्रेसका अधिकांश नेता कार्यकर्ता तालमेलको विपक्षमा छन् ।

प्रदेश १ मा १ सय ३७ स्थानीय तह छन् । २०७४ सालमा कांग्रेसले ५१, माओवादीले ९ र जसपाले २ वटा पालिकाको प्रमुख जितेको थियो । एकीकृत समाजवादीको जन्म भएकै थिएन । तालमेलका लागि ४ दलले बनाएको मोरङ जिल्ला स्तरीय कार्यदलले कुनै निस्कर्ष निकाल्न सकेन । कार्यदलमा कांग्रेसबाट मोरङ उपसभापति भक्तिनाथ माझी, माओवादीबाट जिल्ला संयोजक विजय विश्वास, जसपाबाट जिल्ला अध्यक्ष राजकुमार यादव र एकीकृत समाजवादीबाट नेता उद्धव पोखरेल थिए ।

जसपा अध्यक्ष यादवले कार्यदलबाट निस्कर्ष ननिस्किएका कारण जिल्ला तहको मूल समितिलाई तालमेलको जिम्मा दिनुपर्ने अवस्था आएको बताए । भने, ‘कार्यदलले कुरा मिलाउन नसकेपछि मूल समितिलाई जिम्मा दिइएको हो । तर त्यसले पनि मिलाउने सम्भावना देखिँदैन ।’गठबन्धन दलमध्ये कांग्रेसले विराटनगर महानगरपालिकामा कोहीसँग पनि तालमेल हुने स्पष्ट पारिसकेको छ । कांग्रेसले विराटनगरको मेयरमा ७ र उपमेयरमा १२ जना सम्भावित उम्मेदवारको नाम एकल सिफारिस गरिसकेको छ । मोरङका १७ स्थानीय तहमध्ये कांग्रेसले यसअघिको निर्वाचनमा जितेका १० वटा पालिकासहित ११ वटामा प्रमुख आफूले पाउनुपर्ने माग राखेको छ ।

एमालेबाट अलग भएर बनेको नेकपा (एकीकृत समाजवादी)ले सुन्दरहरैँचा, पथरीशनिश्चरे नगरपालिका तथा केराबारी र कानेपोखरी गाउँपालिकामा प्रमुख मागेको छ ।

कांग्रेसले २०७४ सालमा विराटनगरसहित रतुवामाई, उर्लाबारी, लेटाङ र सुन्दरहरैँचा नगरपालिका तथा केराबारी, सुनवर्षी, धनपालथान र कटहरी गाउँपालिकाको प्रमुख जितेको थियो । बूढीगंगा गाउँपालिकामा जितेको फोरम लोकतान्त्रिक अहिले कांग्रेसमा समाहित भइसकेको छ ।

यसअघि रंगेली नगरपालिकामा विजयी भएको माओवादीले तालमेलका क्रममा रतुवामाई र रंगेली नगरपालिका तथा ग्रामथान, मिक्लाजुङ र धनपालथान गाउँपालिकाको प्रमुख दाबी गरिरहेको छ । जहदा गाउँपालिका जितेको जसपाले सुनवर्षी र रंगेली नगर तथा जहदा, धनपालथान र कटहरी गाउँपालिकाको दाबी छाडेको छैन । एमालेबाट अलग भएर बनेको नेकपा (एकीकृत समाजवादी)ले सुन्दरहरैँचा, पथरीशनिश्चरे नगरपालिका तथा केराबारी र कानेपोखरी गाउँपालिकामा प्रमुख मागेको छ ।

एमालेले यसअघि पथरीशनिश्चरे र बेलबारी नगरपालिका तथा मिक्लाजुङ, ग्रामथान र कानेपोखरी गाउँपालिका जितेको थियो । कांग्रेस जिल्ला उपसभापति माझीले धेरै प्रयास गर्दा पनि गठबन्धनमा भागबण्डाको सहमति जुट्न नसकेको बताए । सबैले आआफ्नो दाबी र अडान नछाडेपछि तालमेलको प्रयास असफल भएको उनको भनाइ छ । ‘यसअघि जितेका तहमा कांग्रेसले अरुलाई छाड्न सक्दैन,’ माझी भन्छन्, ‘त्यसमा हाम्रो दाबी स्वभाविक हो ।’

सिट बाँडफाँटमा २०७४ सालको चुनावमा प्राप्त परिणामलाई आधार मान्नुपर्ने केन्द्रको निर्देशन रहेको माझी बताउँछन् । अरु दलले आफ्नो पार्टीले प्राप्त गरेको मतभार भन्दा धेरै सिटको दाबी गरेपछि गठबन्धन सकसमा परेको उनको भनाइ छ ।

पार्टीको तल्लो तहबाट पनि अरु दलसँग चुनावी तालमेल गर्न नहुने सुझाव आएको उनले स्पष्ट पारे । सिट बाँडफाँटमा २०७४ सालको चुनावमा प्राप्त परिणामलाई आधार मान्नुपर्ने केन्द्रको निर्देशन रहेको माझी बताउँछन् । अरु दलले आफ्नो पार्टीले प्राप्त गरेको मतभार भन्दा धेरै सिटको दाबी गरेपछि गठबन्धन सकसमा परेको उनको भनाइ छ ।

कांग्रेसको अस्वभाविक दाबीका कारण गठबन्धन नै धर्मराएको माओवादी केन्द्र प्रदेश १ का अध्यक्ष हर्क नेम्बाङको आरोप छ । ‘कांग्रेसका कारण प्रदेशमा गठबन्धन धर्मराएको छ,’ उनले भने, ‘तर, गठबन्धनलाई भत्कन नदिने कोसिस गरिरहेका छौँ ।’ संखुवासभा, इलाम र सोलुखुम्बुमा कांग्रेस र माओवादीबीच गठबन्धन नहुने निश्चित भएको नेम्बाङले बताए । पाँचथर, ताप्लेजुङ र तेह्रथुममा पनि गठबन्धनको सम्भावना करीव टुंगिएको छ ।

माओवादीले आफ्नो हैसियतभन्दा धेरै भाग खोजेपछि समस्या आएको दाबी कांग्रेसको छ । ‘केन्द्रले पठाएको मापदण्ड अनुसार सिट बाँडफाड गर्नुपर्नेमा हामी स्पष्ट छौँ,’ कांग्रेस पाँचथरका सभापति रुपनारायण जबेगुले भने, ‘माओवादीले आफ्नो हैसियतभन्दा धेरै सिट दाबी गरेका कारण समस्या आइरहेको छ ।’ शीर्ष नेताहरुले हस्ताक्षर गरेर पठाएको ‘डकुमेन्ट’मा कांग्रेस अडिग रहे पनि माओवादीले बखेडा झिकेको उनको आरोप छ ।

जसपा प्रदेश १ संसदीय दलका नेता एवं पार्टीका केन्द्रीय सदस्य जयराम यादवले चुनावी तालमेलका लागि आन्तरिक गृहकार्य भने जारी राखिएको बताए । ‘कांग्रेसभित्रको अन्तरकलहले समस्या भइरहेको छ,’ उनले भने, ‘कांग्रेसको एउटा समूह तालमेलको पक्ष र अर्को समूह विपक्षमा भएकाले पनि यो अवस्था आइरहेको हो ।’

जसपा र एकीकृत समाजवादीका नेताहरु कांग्रेस र माओवादीको अडान तथा अस्वभाविक दाबीलाई एकअर्काले नमान्ने परिस्थिति आउँदा गठबन्धन टुट्ने अवस्थामा पुगेको बताउँछन् । जसपा प्रदेश १ संसदीय दलका नेता एवं पार्टीका केन्द्रीय सदस्य जयराम यादवले चुनावी तालमेलका लागि आन्तरिक गृहकार्य भने जारी राखिएको बताए । ‘कांग्रेसभित्रको अन्तरकलहले समस्या भइरहेको छ,’ उनले भने, ‘कांग्रेसको एउटा समूह तालमेलको पक्ष र अर्को समूह विपक्षमा भएकाले पनि यो अवस्था आइरहेको हो ।’

१ नगरपालिकासहित ८ स्थानीय तह रहेको पाँचथरमा यसअघि कांग्रेसले ४ र माओवादीले १ पालिका प्रमुख जितेका थिए । आफूले जितेको पालिका नछाड्ने र माओवादीले जितेका ठाउँमा दाबी नगर्ने कांग्रेसले स्पष्ट पारेको छ । ४ नगरपालिकासहित १० स्थानीय तह रहेको इलाममा माओवादीले १, समाजवादीले ३ र कांग्रेसले ८ वटाको प्रमुख दाबी गरेका छन् । कांग्रेस इलामका सभापति डम्बर खड्काले माओवादीसँग पालिका प्रमुखको दाबी गर्ने गरीको मत नरहेको बताए । माओवादीको दाबीले उसँग गठबन्धन नहुने अवस्था आउन सक्ने उनको भनाइ छ ।

२ नगरपालिकासहित ४ गाउँपालिका रहेको तेह्रथुममा कांग्रेसले सबै पालिका र एकीकृत समाजवादीले २ वटाको प्रमुख दाबी गरिरहेका छन् । एमालेबाट आठराई गाउँपालिका प्रमुखमा विजयी बनेका मानबहादुर लिम्बू अहिले एकीकृत समाजवादीमा छन् । कांग्रेसका तेह्रथुम सभापति अर्जुन तुम्बाहम्फेले केन्द्रकै निर्देशन अनुसार सबै पालिकामा प्रमुखको दाबी गरिएको बताए । समाजवादीका जिल्ला अध्यक्ष कृष्ण चोङ्बाङ गठबन्धनको सम्भावना कमजोर बनेको बताउँछन् ।

१ नगरपालिका र ८ गाउँपालिका रहेको ताप्लेजुङमा कांग्रेसले ८ र माओवादीले ३ पालिका प्रमुखको दाबी गरेका छन् । नेपाली कांग्रेस प्रदेश १ का सभापति उद्धव थापा मापदण्डविपरित गएर अरु दलले अस्वभाविक दाबी गर्दा गठबन्धनभित्र सहमति जुट्न नसकेको बताउँछन् । ‘सबै दल आआफ्नै बार्गेनिङमा छन्,’ उनले भने, ‘सकेसम्म मिलाउने प्रयास भइरहेको छ । नसकेमा अरु विकल्प खुला छ ।’

झापाका १५ स्थानीय तहमध्ये एकीकृत समाजवादीले शिवसताक्षी, अर्जुनधारा र भद्रपुर नगरपालिकासहित ५ वटा पालिकाको प्रमुख दाबी गरेको छ । दमक, गौरीगञ्ज, झापा गाउँपालिकासहित ५ वटा पालिका प्रमुखमा माओवादीको दाबेदारी छ ।

कांग्रेस झापा सभापति देउमान थेवे अरु दलले कांग्रेसलाई नै भाग नराखिकन दाबी गरिरहेको बताउँछन् । ‘चुनावी तालमेल र उम्मेदवार चयन थप पेचिलो बनेको छ,’ उनले भने, ‘हैसियत बिर्सिएर अरुले गरेको दाबीका कारण कांग्रेसले अर्कै निर्णय लिन सक्छ ।’ अरुको व्यवस्थापन गरिदिन आवश्यक नरहेकाले कार्यकर्ताको माग अनुसार कांग्रेस एक्लै अघि बढ्नसक्ने थेवे बताउँछन् ।

भागवण्डाको विषय टुंगो लाग्न नसकेपछि गठबन्धनका दलले शनिबार कार्यदल बनाएका थिए । कांग्रेसका जिल्ला सचिव कृष्ण हुमागाईं नेतृत्वको कार्यदलमा माओवादी केन्द्रका मोहन टुडू, एकीकृत समाजवादीका नीलमणि बराल र जसपाका गौरीमान राई छन् । झापाका १५ स्थानीय तहमध्ये एकीकृत समाजवादीले शिवसताक्षी, अर्जुनधारा र भद्रपुर नगरपालिकासहित ५ वटा पालिकाको प्रमुख दाबी गरेको छ । दमक, गौरीगञ्ज, झापा गाउँपालिकासहित ५ वटा पालिका प्रमुखमा माओवादीको दाबेदारी छ ।

देश १ का आर्थिक मामिला तथा योजना मन्त्री एवं माओवादी नेता इन्द्र आङ्बो (मौसम)ले फेसबुक पेजमा गरेको पोस्टले प्रदेशको राजनीतिक माहोल तातिएको छ ।

झापामा एमालेले उम्मेदवार छान्न सबै स्थानीय तहमा कार्यकर्ताको मत लिएको छ । माओवादीका झापा संयोजक राजु आचार्यले गठबन्धनका दलभित्र ९ वटा पालिकामा सहमति भएको दाबी गरेका छन् । बाँकी ६ वटामा सहमति नभए स्वस्थ्य प्रतिस्पर्धामा जानुपर्ने उनको भनाइ छ ।

प्रदेश १ का आर्थिक मामिला तथा योजना मन्त्री एवं माओवादी नेता इन्द्र आङ्बो (मौसम)ले फेसबुक पेजमा गरेको पोस्टले प्रदेशको राजनीतिक माहोल तातिएको छ । उनले लेखेका छन्, ‘एउटालाई हराएर अर्कालाई जिताउने ठेक्का माओवादीको होइन, लोकतन्त्र, व्यवस्था,  संविधान रक्षार्थ जिम्मेवारपूर्ण सहकार्यको अपेक्षा मात्र हो । सहमतिको नाममा विलम्ब घातक मात्र हुन्छ । अब मैत्रीपुर्ण प्रतिस्पर्धाको लागि अबिलम्ब अगाडि बढौँ ।’ आवश्यकता र औचित्यको आधारमा स्थानीय स्तरमा नै तालमेलको अधिकार स्वेच्छिक र खुल्ला गरिनुपर्ने सुझाव उनको छ ।

कतिपयले उनको पोस्टप्रति समर्थन जनाएका छन् । कतिपयले कांग्रेसको चुरीफुरी बढेको भन्दै गठबन्धन नगर्दा राम्रो हुने सुझाव दिएका छन् । कांग्रेसको शेखर कोइराला पक्षधरले उदयपुरमा गठबन्धन गर्न नहुनेभन्दै पार्टी जिल्ला सभापति हिमाल कार्कीको ध्यानआकर्षण गराइसकेका छन् । निवर्तमान पार्टी सभापति बिदुर बस्नेत, पूर्वक्षेत्रीय सभापति बसन्त बस्नेतसहितका नेता कार्यकर्ताले कम्युनिष्ट विभाजित भएको अवस्थामा एक्लै चुनावमा जाँदा कांग्रेसलाई फाइदा पुग्ने सुझाव दिएका छन् ।

उदयपुरका ८ वटै स्थानीय तहमा कांग्रेसको जित निश्चित रहेको दाबी पूर्वक्षेत्रीय सभापति बस्नेतको छ । यसअघिको निर्वाचनमा एमालेले ६, कांग्रेस र माओवादीले १–१ वटा पालिकाको प्रमुख जितेका थिए ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार