फिदिम नगरपालिकको माओवादी केन्द्र निकट शिक्षक संगठन अध्यक्षमा बाँस्कोटा

  नयाँ बुलन्द  355 पटक हेरिएको

 

पाँचथर: माओवादी केन्द्र निकट एकिकृत अखिल नेपाल शिक्षक संगठन फिदिम नगरपालिकाको अध्यक्षमा रामप्रसाद बाँस्कोटा चयन भएका छन् ।

नगरपालिका तेस्रो अधिवेशनले बाँस्कोटाको अध्यक्षतामा २१ सदस्यीय कमिटी चयन गरेको छ ।

नेकपा माओवादी केन्द्र केन्दिय लेखा आयोगका सदस्य एवं संगठनका पुर्व केन्दिय उपाध्यक्ष नरबहादुर दुलालको प्रमुख आतिथ्य सम्पन्न नगर सभाले कमिटीको वरिष्ठ उपाध्यक्ष, महिला उपाध्यक्ष,सचिव,अर्थ सचिव र सहसचिव मा क्रमश: पाण्डव मुखिया,सीता खनाल(अधिकारी),सन्तोस आचार्य,विशाल राई र जुँगबहादुर बर्देवा निर्वाचित भएका छन् । यसैगरी कमिटीको सदस्यहरुमा नेत्र बहादुर गुरुङ,हर्क बहादुर राई,सुरेश सापकोटा,प्रेमनारायण खतिवडा,जय थुलुड,विमला राई,लक्ष्मण तामाङ,सोम कुमारी नेम्वाङ,भिम बहादुर मुखिया रहेका छन् ।

शिक्षकहरुको हक़ र अधिकारका लागि निरन्तर आवाज उठाउन पालिकागत रुपमा पनि अधिवेशन गरिरहेको संगठनका जिल्ला कमिटी कार्यवाहक अध्यक्ष छवि न्यौपानेले जानकारी दिए । नेकपा माओवादी केन्द्रका प्रदेश प्रतिनिधि एलबी गुरुङ, संगठनका प्रदेश कमिटी सचिव कमलप्रसाद बाँस्कोटा,सदस्य एवं जिल्ला कमिटीका उपाध्यक्ष ग्यनाथ बाँस्कोटा,जिल्ला कमिटी कार्यवाहक अध्यक्ष न्यौपाने,नेपाल शिक्षक महासंघ जिल्ला समिति सहअध्यक्ष लक्ष्मण बाँस्कोटा,सहसचिव सदानन्द बाँस्कोटा लगायतको उपस्थितिमा भेला सम्पन्न भएको छ । नवनिर्वाचित समितिले स्थानीय निर्वाचनमा पार्टीका उम्मेदवारलाई निर्वाचित गराउन पहल र सहयोग गर्ने साथै निर्वाचनका लागि सम्बन्धित वडाको आर्थिक निर्वाचन परिचालन समितिका संयोजक मार्फत पार्टीलाई आर्थिक सहयोग गर्ने समेत निर्णय गरेको छ ।
अतिथिहरुले नवनिर्वाचित कमिटीलाई बधाई र कार्यसफलताको शुभकामना सहित मन्तव्य राखेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार