इलाम । झापाको दमक बजार देखी नजिकै रहेको रमणीय पर्यटकीय स्थल चुलाचुलीको चपेटीमा डबल फरेस्ट रिसोर्ट संञ्चालनमा आएको छ । आन्तरीक पर्यटकका लागि लक्षित गरेर संञ्चालनमा ल्याएको रिसोर्टको गत वैशाख १ गते पुर्व सभामुख समेत रहनुभएका त्यस क्षेत्रका संघिय सांसद सुवासचन्द्र नेम्वाङको विशेष उस्थितीमा उद्घाटन भएको छ । उद्घाटन कार्यक्रममा चुलाचुली गाउँपालिका अध्यक्ष प्रदिपचन्द्र राई, दमक नगरपालिकाका उपमेयर गिता अधिकारी सहित वडा अध्यक्ष तथा समाजसवीहरुको उपस्थिती रहेको थियो ।
करिव ५ रोपनी क्षेत्रफलमा रहेको रिसोर्टमा खाने बस्ने सहित फायर क्याम्पको सुविधा रहेको छ । रिसोर्टमा बाँसबाट बनेका आकर्षक कटेज, खुल्ला चौर, बाँसको छाहरीमा बसेर डिनर गर्ने विशेष व्यवस्था रहेको संञ्चालक नितेश राईले जानकारी दिनुभयो । आन्तरीक पर्यटकका लागि साँझको समयमा आकर्षक दृष्य अवलोकन गर्दे शान्त र शितल वातावरणमा रिफ्रेसमेन्ट गर्नका लागि रिसोर्ट उपयुक्त स्थान रहेको उनको भनाई छ ।
दुईजना युवाहरु नितेश राई र प्रजित राईको संयुक्त लगानीमा बनेको उक्त रिसोर्टको लागत करिव ५० लाख रहेको छ । आर्थिक तरलता अभावका कारण रिसार्टको निर्माण कार्य पूर्ण रुपमा सम्पन्न भई नसकेको संञ्चालक मध्येका एक नितेश राईले जानकारी दिनुभयो । वैशाख १ गतेबाट औपचारीक रुपमा सुरु भएको रिसोर्टमा हाल ८ जना युवाहरुले प्रत्यक्ष रुपमा रोजगारी पाईरहेका छन् ।