पाँचथर: खर्च अभावमा काठमाडौंको अस्पतालमा बन्धक भएका पाँचथरका शुक्रबहादुर मगरको लागि रकम जुट्नेक्रम जारी छ ।
उपचार खर्च तिर्न नसक्दा पाँचथरको फालेलुङ गाँउपालिका ५ प्राङबुङका ३४ बर्षीय मगर डेढ महिनादेखि अस्पतालमा बन्धक बनेका छन् । काठमाण्डौको दीर्घायु अस्पताल चावहिलमा फागुन १ गतेदेखि उनी बन्धक बनेका हुन् ।
उपचार खर्च तिर्न नसक्दा दाजुलाई अस्पतालले बन्धक बनाएको उनकी बहिनी निर्मला मगरले बताईन । ‘२१४ नम्बरको बेडमा दाजु बन्धक हुनुहुन्छ,’ निर्मलाले भनिन् ‘दाजुलाई उकास्न नसक्दा दिनप्रतिदिन अस्पतालले बिल बढाईरहेको छ ।’
उपचार खर्च मध्ये ४० प्रतिशत रकम भुक्तानी गरिएको निर्मलाको भनाई छ । ‘अब सात लाख ३५ हजार भन्दा बढी रकम तिर्न बाँकी छ,’ निर्मलाले भनिन् ‘अहिलेसम्म रकम जुटाउन सकिएन ।’ अप्रेशन शुल्क, बेड शुल्क, औषधि शुल्क र अस्पताल भर्ना शुल्कको रकम तिर्न बाँकी रहेको हो ।
बैदेसिक रोजगारीका लागि एप्लाई गर्न काठमाण्डौ गएका शुक्रबहादुर उच्च रक्तचापका कारण अचानक बिरामी परेका थिए । उपचारका लागि अस्पताल भर्ना भएका शुक्रबहादुरकोे टाउकोको अप्रेसन गरिएको हो । उक्त अस्पतालका चिकित्सक गोपाल रमण शर्माको टीमले अप्रेसन गरेको थियो ।
‘अझैपनि दाजुको एक पट्टिको हातखुट्टा चलेको छैन,’ निर्मला भन्छिन् ‘थेरापी गर्दा ठीक हुन्छ भनेर चिकित्सकहरुले सल्लाह दिनुभएको छ । अस्पतालमै बन्धक बनेपछि थप उपचार गराउन पाईएको छैन ।’
शुक्रबाहादुरलाई अस्पतालबाट उकास्नका लागि उनको परिवारले आर्थिक सहयोगको अपिल गरेको छ । चावहिल स्थित ग्लोबल आईएमई बैंकमा ढकराज मगरको नाममा ३७०७०१०१६३७७४ नम्बरको खाता खोलेर आर्थिक सहयोग
अपिल गरिएको हो ।- जोरपाटीबाट