दूग्ध प्रसोधन केन्द्र स्थापना उपआयोजनाको सार्वजनिक सुनुवाई

  बालकृष्ण बस्‍नेत  555 पटक हेरिएको

माङसेबुङ : ईलामको माङसेबुङ गाउँपालिका २ दहगाउँमा संञ्चालन हुने दूग्ध प्रसोधन केन्द्र स्थापना उपआयोजना सञ्चालन सम्बन्धी सार्वनिक सुनुवाई कार्यक्रम शुक्रबार सम्पन्न भएको छ ।

नेपाल लाईभ स्टक सेक्टर ईनोभेसन र न्युसन एण्ड पर्सन डेरी उद्योग प्रालिको आयोजनामा संचालन हुने कार्यक्रमको सार्वजनिक सुनुवाई भएको हो ।

१ करोड ६६ लाख २१ हजार २ सय ३० रूपैयाँको लागतमा संञ्चालन हुने आयोजना २०७९ असोज ३० गते सम्पन्न गरिसक्नुपर्ने आयोजनाका अध्यक्ष रामकुमार राईले जानकारी दिए । दूग्ध प्रसोधन तथा विविधीकरण गरि कृषि र कृषकलाई माथि उकास्नुका साथै आत्मानिर्भर बनाई स्वरोजगार बनाउने उदेश्य साथ संञ्चालन हुने आयोजनाको अनुदान रकम ८३ लाख १० हजार ६ सय १५ रूपैया रहेको छ ।

आयोजनाबाट माङसेबुङका डेरी उद्योग साथै कृषकलाई फाईदा पुग्ने राईले बताए । ७ महिना अवधि संचालन हुने आयोजना अन्तरगत आधुनिक उद्योगका लागि मेसिन खरिद तथा उद्योगका लागि पूर्वाधार निर्माण जस्ता क्रियाकलाप गर्ने राईले बताए ।

कार्यक्रमका प्रमुख अतिथि माङसेबुङ गाउँपालिका २ नम्बर वडाअध्यक्ष पुष्पराज कर्कीले माङसेबुङकै ठूलो र महत्त्वपूर्ण परियोजना भएकाले सबैको साथ सहयोगमा सफल बनाउनुपर्ने बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार