इलाम : इलामको सन्दकपुर गाउँपालिकालाई मानव अधिकार मञ्च नेपाल इलामले स्वास्थ्य एवम् बालमैत्री सामग्री सहयोग गरेको छ ।
बालबालिकाको आपतकालीन उद्धार, राहत र संरक्षण तथा परामर्शका लागि संचालित बाल हेल्पलाइन १०९८ अन्तरगत ८९ हजार ५ सय रुपैयाँ बराबरको औषधि, स्वास्थ्य, शिक्षा, खेलकुद तथा मनोरञ्जनका सामग्री प्रदान गरेको हो ।
गाउँपालिकाको प्राथमिक स्वास्थ केन्द्रलाई बालमैत्री बनाउन आवश्यक पर्ने स्वास्थ, शैक्षिक, खेलकुद साथै मनोरञ्जनका सामग्री प्रदान गरेको हो ।
सेनिटाइजर, माक्स, ग्लोब्स, फिनेल, थर्मोमिटर, इलेक्ट्रिक जग, कपसेट, डस्टबिन, अक्सिमिटर, औषधिलगायतको स्वास्थ्य सामग्री, डल, बल, ब्लक्स, कलर पेनसिल, ड्रइङ पेपर, पोटोकपि पेपर, कलपेन, लुँडो, चेस, क्यारमबोर्ड, एबीसीडी चार्ट, स्टोरी बुकलगायतको शैक्षिक, खेलकुद एवम् मनोरञ्जनको सामग्री उपलब्ध गराइएको हो ।
कार्यक्रममा प्रमुख प्रशाकीय अधिकृत महेश राईले यस्तो किसिमको सहयोग सानो देखिएतापनि यसको प्रभावकारिता धेरै रहेको र यसले अस्पतालमा हुने सेवालाई थप प्रभावकारी बनाउन मद्दत पुर्याउने बताए ।
किन्नरमिसनरेक जर्मनीको सहयोगमा मानव अधिकार मञ्च नेपाल इलामको आयोजनामा इलाममा बाल हेल्पलाइन १०९८ संचालित छ ।