‘घरघर जाऔं, कांग्रेस जिताऔं’ अभियान सम्पन्न

काठमाडौं । नेपाली कांग्रेसले एक महिने चुनावी घरदैलो अभियान सकेको छ ।

स्थानीय तह चुनाव केन्द्रित ‘घरघर जाऔं, कांग्रेस जिताऔं’ अभियान मंगलबार सकिएको हो । फागुन २९ गतेदेखि कांग्रेसले घरदैलो अभियान चलाएको थियो ।

यसबीचमा प्रदेश, जिल्ला, पालिका, टोल र घर–घरमा पुगेर अभियान सञ्चालन गरिएको प्रवक्ता प्रकाशशरण महतले बताउनुभयो ।

कांग्रेसले उम्मेदवारसहित दोस्रो चरणमा चुनावी घरदैलो सञ्चालन गर्ने तयारी पनि गरेको छ । प्रवक्ता महतका अनुसार वैशाख ३० मा हुने निर्वाचनमा सत्तागठबन्धनबीच तालमेल हुनेछ ।

स्थानीय आवश्यकता र औचित्यताका आधारमा गठबन्धन गरिने केन्द्रीय समितिले निर्णय गरिसकेको प्रवत्ता महतले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार