नेकपा एमाले फाकफोकथुमद्वारा पालिकामा भएको घटनाको सत्यतथ्य छानबिन गरी दोषिलाई कार्बाही गर्न माग

  नयाँ बुलन्द
644 Shares

इलामः नेकपा एमाले फाकफोकथुमद्वारा गाउँपालिकामा आन्दोलन,तोडफोड र झडपका घटनाको  सत्यतथ्य  छानबिन गरी दोषिलाई कार्बाही गर्न माग गरेको छ ।

यस गाउँपालिकाबाट दक्षिण कोरियामा कामदार पठाउने विषयमा गाउँपालिका अध्यक्षबाट भएको अपारदर्शी कार्यका कारण विगत केही समयदेखि भएको आन्दोलन,तोडफोड र झडपका घटना प्रति पार्टीको गम्भीर ध्यानकर्षण भएको जनाएको छ । शनिवार एक विज्ञप्ती निकाल्दै नेकपा एमाले फाकफोकथुमले यसै विषयलाई लिएर गत चैत १८ गते गाउँपालिका उपाध्यक्षले १ नम्बर वडा निवासी कृष्ण बहादुर खड्कालाई कुटपिट गरेको विषयमा एमालेबाट निर्वाचित उपाध्यक्ष सरस्वती राईले आफूले गरेको गल्ती बराबरको कानूनी सजाय पाइ सकेको र एमालेका नेता तथा कार्यकर्ता कोही पनि आफ्नो गल्ती ढाकछोप गरी कानूनी कार्वाहीबाट उम्कने प्रयास नगर्ने प्रमाण भएको विज्ञप्तीमा जनाइएको छ ।

नेपाली कांग्रेसले पाँच वर्षको समयवधिमा आफूले गरेका गलत क्रियाकलापको ढाकछोप गर्ने गरी निर्वाचनको मुखमा जनताको ध्यान अर्कोतिर मोड्न नियोजित रुपमा यस घटनालाई राजनितिक रङ दल्ने काम गरेको भन्दै घोर भरत्सना गरेको छ ।  कांग्रेसले सत्ताको दुरुपयोग गरी सुनियोजित रुपमा यस्ता क्रियाकलाप नगर्न समेत पार्टी अध्यक्ष दिपेन्द्र खनालद्वारा हास्ताक्षरित विज्ञप्तीमा उल्लेख गरिएको छ  ।

मौसमी कामदार कोरिया पठाउने विषयमा भएको अपारदर्शी कार्य र उत्पन्न समस्या गाउँपालिकामा भएको तोडफोडको कार्यमा समेत नेपाली कांग्रेसको संस्थागत सहभागिता रहेको पार्टीले ठहर गरेकोले उक्त घटनाको सत्यतथ्य छानबिन गरी दोषिलाई कानूनी कार्बाही गर्न प्रहरी प्रसाशन समक्ष अनुरोध गरेको छ ।

यस्ता गलत क्रियाकलापको भण्डाफोर गर्दै जनताको हक अधिकार प्राप्तीको लागि काम गर्ने शिलसिलामा आइ पर्ने यस्ता घटनाबाट कति पनि विचलित नहुन पालिका उपाध्यक्ष लगायत समपूर्ण कार्यकर्तालाई हार्दिक अनुरोध गरेको छ ।

यता,उक्त घटनापछि प्रहरी नियन्त्रणमा रहेकी फाकफोकथुम गाउँपालिकाकी उपाध्यक्ष सरस्वती राई धरौटी बुझाएर प्रहरी नियन्त्रणबाट मुक्त हुनेवित्तिकै   केही पत्रकारले घटनालाई तोडमोड गरि समाचार लेखेको आरोप समेत लगाउँदै पत्रकारले आम नागरिकमा भ्रम छरेको भन्दै आइतबार विहान सामाजिक संजालमा लेखेको विषयलाई पत्रकार महासंघ इलाम शाखा,नेपाल प्रेस युनियन इलाम शाखा र प्रेस मञ्च नेपालले विज्ञप्ती जारी गरेको छ । समाचारको बिषयलाई लिएर पत्रकारलाई गाली गलौज र धाकधम्की नदिन अपिल गरेको छ । महासंघ शाखा अध्यक्ष बिप्लव भट्टराई  र सचिव भिम चापाँगाईद्वारा हस्ताक्षर गरिएको छ भने युनियन अध्यक्ष सबिता पाण्डे र सचीव टिका खतिवडाले हस्ताक्षर गरेका छन् । साथै  मञ्चका तर्फबाट अध्यक्ष ज्ञानु केदेम लिम्बू र सचिव आन्छुमे नसामले विज्ञप्तीमा समाचारका बिषयमा चित्त नबुझे कानुनी प्रक्रियामा जाने ठाउँ हुँदा हुँदै सामाजिक संजालमा गालीगलोज र म्यासेज लेखेरै धम्कीपूर्ण गाली गर्नु निन्दनिय भएको जनाइएको छ ।
पछिल्लो एक महिनादेखि फाकफोकथुम गाउँपालिका अशान्त छ ।

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार