पत्रकार धम्क्याउदै फाकफोकथुम गाउँपालिका उपाध्यक्ष राई , पत्रकार महासंघ र प्रेस युनियनको आपत्ती

  नयाँ बुलन्द
1.9k Shares

इलाम :  शुक्रवार साँझ ५ बजे इलामका प्रमुख जिल्ला अधिकारी माधव प्रसाद ढुंगानाको आदेशमा पाँच हजार धरौटी बुझाएर फाकफोकथुम गाउँपालिकाकी उपाध्यक्ष सरस्वती राई प्रहरी नियन्त्रणबाट मुक्त भइन् । प्रहरीबाट मुक्त हुनेवित्तिकै  उनले आफुलाई केही व्यक्तिले फँसाएको बताइन् । आफ्नो लोकप्रियताबाट आत्तिएकाहरुले कु—प्रचार गरेर आफुलाई सक्न लागेको भन्न पनि भ्याइन् । केही पत्रकारले घटनालाई तोडमोड गरि समाचार लेखेको आरोप समेत लगाइन् । उपाध्यक्ष राईले राती करिब ८ बजेतिर फेसबुक स्टाटस मार्फत उदण्डताको विरुद्धमा हात उठाउन बाध्य रहेको बताइन्। तर केही समयपछि उनले उक्त स्टाटस हटाइन् । उनको आवेग यतिमै मात्र सिमित रहेन। उनले समाचार लेखेका केही पत्रकारलाई फेसबुकमै हप्काउन पनि भ्याइन् । समाचारलाई किन तोडमोड गरेको भन्दै उनले पत्रकारलाई फटाहा भन्दै म्यासेज समेत पठाइन् । पत्रकारले आम नागरिकमा भ्रम छरेको भन्दै आइतबार विहान पुन अर्को स्टाटस लेखिन् । उनले आफूलार्ई कानुन राम्ररी थाहा भएको बताउँदै समाजसेवामा रहेका हात फलाम बनेको स्टाटस समेत लेखिन । फाकफोकथुम गाउँपालिका १ का कृष्णबहादुर खड्कालाई कुटपीट गरेको जाहेरी परे पछि उपाध्यक्ष राई प्रहरीकोमा उपस्थित भएकी थिईन ।
घटना पछि शनिबार पत्रकार महासंघ इलाम शाखाले र नेपाल प्रेस युनियन इलाम शाखाले बिज्ञप्ती जारी गर्दै समाचारको बिषयलाई लिएर पत्रकारलाई गाली गलौज र धाकधम्की नदिन अपिल गरेको छ । महासंघ शाखा अध्यक्ष बिप्लव भट्टराई  र सचिव भिम चापाँगाईद्धारा हस्ताक्षर गरिएको छ भने युनियन अध्यक्ष सबिता पान्डे र सचीव टिका हस्ताक्षरित बिज्ञप्तीमा समाचारका बिषयमा चित्त नबुझे कानुनी प्रक्रियामा जाने ठाउँ हुँदा हुँदै सामाजिक संजालमा गालीगलोज र म्यासेज लेखेरै धम्कीपूर्ण गाली गर्नु निन्दनिय भएको जनाईएको छ ।
पछिल्लो एक महिनादेखि फाकफोकथुम गाउँपालिका अशान्त छ । गाउँपालिकाले मौसमी कामदार कोरिया पठाउने प्रक्रियालाई पारदर्शी नगरेको भन्दै स्थानिय युवाहरु आन्दोलित छन् । गाउँपालिकाका केही जनप्रतिनिधिले आफ्ना नजिकका मान्छेलाई मात्र सुटुक्क कोरिया पठाउन लागेपछि युवाहरु छनौट प्रक्रिया पारर्दर्शी हुनुपर्ने भन्दै आन्दोलित छन् ।गाउँपालिका जनज्रतिनिधिले भावण्डामा कोटा निर्धारण गरी गाउँपालिका भन्दा बाहिरका मान्छेलाई पनि कोरिया पठाउन लागेको स्थानिय युवाको आरोप छ ।
आन्दोलनरत युवा र गाउँपालिकावीच भएको वार्ताकै क्रममा गाउँपालिका उपाध्यक्षले स्थानिय युवकलाई कुटपिट गरिन् ।उनले ती युवकलाई नभएको आरोप किन लगाएको भन्दै कुटपिट गरेको अडियोमा सुन्न सकिन्छ ।उनको यस्तो हर्कत भने पहिलो पटक नभएको फाकफोथुमबासी बताउँछन् ।उनले यसभन्दा अघिपनि गाउँपालिकाका कर्मचारीलाई गालीगलौज गरेकी थिइन् ।
आवश्यक ऐन—कानुन निर्माण गरी शुसासन कायम गर्नुपर्नेमा उपाध्यक्ष राई ठिक उल्टो यात्रामा छिन् । जनताका सेवक हुनुपर्नेमा जनप्रतिनिधिका पछिल्ला हर्कतले सर्वसाधारणमा निराशा बढ्दो छ । उपाध्यक्ष राई फाकफोकथुम गाउँपालिकाकी न्यायीक समिति संयोजक समेत हुन । जहा उन्ले अन्यायमा परेकालाई न्याय दिनु पर्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार