राँके सेवा केन्द्रमा मनाइयो सहारा नेपालको २७ औं वार्षिकोत्सव

  युद्धबहादुर बोहोरा  317 पटक हेरिएको

इलामः सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाको २७ औं वार्षिकोत्सव राँके सेवा केन्द्रमा शुक्रवार भव्य कार्यक्रमका साथ सम्पन्न भएको छ ।

सेवा केन्द्रमा आवद्ध मखमली सहारा महिला समुहकी अध्यक्ष यसोदा बस्नेतको अध्यक्षता तथा फाल्गुनन्द गाउँपालिका अध्यक्ष वीरबहादुर कुरुम्बाङको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो । राँके सेवा केन्द्रका ६७ वटा समुहबाट महिला र शेयर सदस्य गरि जम्मा ७४ जना र सुरक्षा निकाय,विभिन्न बैंक तथा सहकारी,संघसंस्थाका प्रतिनिधि,कर्मचरीहरुको समेत उस्थिति थियो । हाल सम्म नौ सय दुई जना सदस्य रहेको यस सहकारीको सेवा केन्द्रले चैत २४ गते सम्म ६ करोड १ लाख ऋण लगानी गरेको साथै ३ करोड ६० लाख बचत गरेको छ भने ३६ लाख ९० हजार शेयर रकमको कारोबार गरेको आर्थिक गतिविधि सहितको प्रतिवेदन केन्द्रका प्रमुख लक्ष्मण घिमिरेले जानकारी गराएका थिए ।

यसैबीच संस्थाको वार्षिकोत्सवका अवसरमा कर्जा लिएर सदुपयोग गरि उद्यमी बन्न प्रेरणा दिने उदेश्यले संस्थाबाट ऋण लगेर सफल तथा व्यावसायी सदस्य बनेकोमा दुई महिला सदस्यलाई सम्मान गरेको छ । सहकारीका अधिकाँश सुचकहरु पालना गर्ने एक महिला समुहलाई पनि संस्थाद्वारा सम्मान गरिएको छ । सम्मानित हुनेमा फिदिम नगरपालिका ८ नम्बर वडास्थित तमाखे सहारा महिला समुहकी कमला गुरुङ र देउमाई नगरपालिका १ नम्बर वडास्थित जनएकता सहारा महिला समुहकी शारदा राई र घुर्बिसे पञ्चमीमा रहेको समृद्धि सहारा महिला समुहलाई प्रमुख अतिथिले नगद सहित सम्मान पत्र प्रदान गरेका थिए ।

वक्ताहरुले शुभकामना मन्तव्य तथा सम्मानितहरुलाई बधाई दिंदै कतिपय लघुवित्तबाट ऋण लिने सदस्यले वित्तिय साक्षरताको अभावमा रिण लिएर सदुपयोग नगर्दा किस्ता तिर्न धौधौ परेका धेरै उदाहरण भएकाले विभिन्न चुनौती,विकृती र अवसरलाई ख्याल गर्न र सचेत रहन सदैव अनुशासित बन्न ध्यानकर्षण गराएका छन् ।

राँके सेवा केन्द्रका कर्मचारी टंक खतिवडाले स्वागत मन्तव्य राखेको कार्यक्रम सहारा इलाम शाखाका प्रमुख केपी लुईटेलले संचालन गेरका थिए । संचालक लुईटेलले सदस्यले नबुझेका सहकारीका नियम,प्रकृया र नयाँ प्रविधिको बारेमा प्रष्ट्याएका थिए । कार्यक्रमको अन्त्यमा,केन्द्रका प्रमुख घिमिरेले अतिथिहरुलाई मायाको चिनो र सम्पूर्ण उपस्थित सदस्यहरुलाई नयाँ वर्षको भित्ते पात्रो पनि प्रदान गरेका थिए ।

इलाम र पाँचथर जिल्लाको सिमानास्थित देउमाइ नगरपालिकाको वडा नम्बर १ को राँके बजारमा रहेको यस सेवा केन्द्रले दुई जिल्लाका तीन नगरपालिका र तीन वटा गाउँपालिका क्षेत्रमा सेवा प्रवाह गरेको केन्द्रका प्रबन्धक घिमिरेले जानकारी दिए ।

जस मध्ये पाँचथरको फिदिम नगरपालिकाको ८ नम्बर वडा,फाल्गुनन्द गाउँपालिका र मिक्लाजुङ गाउँपालिका छन् भने इलामको फाकफोकथुम गाउँपालिका,देउमाइ नगरपालिका र इलाम नगरपालिकाका केही वडाहरु समेटिएका छन् ।

देशका लागभग २९ हजार आठ सय क्रियाशिल सहकारी मध्ये झापाको विर्तामोडमा केन्द्रिय कार्यालय रहेको यो सहकारी अन्य सहकारीको तुलनामा अग्र स्थानमा रहेको छ । यस सहकारीमा देशभर ७७ वटा सेवा केन्द्र छन् भने एक लाख ६० हजार सदस्य आवद्ध छन् । सहकारीले बिभिन्न सामजिक उत्तरदायित्वको कामहरु पनि गर्दै आएको छ । कोभिड महामारीमाको समयमा प्रदेश  र स्थानीय सरकारलाई ५७ लाख भन्दा बढीको राहत प्याकेज उपलब्ध गराएको थियो । यस संस्था मार्फत गरिबी न्युनिकरणमा योगदान,राष्ट्रिय अन्तराष्ट्रिय सम्बन्ध,वातावरण संरक्षण,स्वास्थ्य,शिक्षा,क्षेत्रमा योगदान,रोजगारी सिर्जना,पशुपालन किसानलाई सहयोग लगायत लैङ्गिक र सामाजिक समावेशीकरणमा पनि योगदान पुर्याउँदै आएको छ । यस सहकारीले सदस्यहरुको हितलाई ध्यानमा राख्दै समृद्धि बचत,जीवन बरदान,मोवाइल बैङ्किङ सेवा सहितका सुविधा सचालनमा ल्याएको छ ।

 

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार