नकच्चरोको औषधि र ‘फेसबुके’ चल्लाहरु

  निनाम लोवात्ती
56 Shares

निनाम लोवात्ती

विगतमा फेस बुकको ‘राई पेज’मा मैले मेरो नयाँ र पूराना लेखहरु निरन्तर पोस्ट गर्दै आएको थिए । खास गरी राई के हो, जात हो कि, जाति हो ? भनने सम्बन्धमा । किनभने, राई भनेको जात वा जाति नभएर विगतमा शासकहरुले दिएको अस्थाई पद वा पगरी मात्रै हो । भएसम्म राजाको जेठो छोरो मात्रै राजा भए जस्तै अथवा राजाको जेठो छोरोमा ‘राजा पद !’ सर्दै गए जस्तै ‘राई पद !’ पनि जो राई थियो उसको जेठो छोरा, नातिमा सर्दै जाने पद वा पगरी हो । यही बारेमा प्रस्ट्याएर लेखेको लेखहरु पोस्ट गर्ने गरेको थिए । तर,…

तर, जर्नल, लेख रचना, पत्रपत्रिका, अनलाइन, ज्ञानगुन र जीवनमा केही न केही सिक्न सकिने सञ्चारका अन्य माध्यमहरुमा कहिल्यै आँखा नजाने हाम्रा ‘राई !’ भन्ने कामरेडहरु फेस बुकमा भने यसो आँखा लगाउँदा रहेछन् ! भन्ने राम्रै अनुभव प्राप्त भएको छ । त्यसो त फेस बुक, मेसेञ्जरलगायत अन्य सामाजिक सञ्जालमा केही सिक्ने कुरा हुँदैन वा सिक्नै सकिदैन ! भन्नेचाहिँ कदापि होइन । यसै क्रममा फेस बुकको ‘राई पेज’मा मैले मेरो नयाँ पूरानो लेखहरु निरन्तर पोस्ट गर्दै आउने क्रममा धेरै पटक ‘कमेन्ट/गाली–गलौज !’ पनि आई नै रह्यो, जुन एक लेखकको लागि प्रेरणको स्रोत नै हो !? तर, कस्तोसम्म भयो वा भई रहेको छ भने, लेखको सुरुमा/शीरमै ‘एक पटक लेख, रचना वा पोस्ट गरेको सामग्री पढेर ‘योयो बेठीक छ, ठीक छ भन्नु पर्दैन !’ भनी कमेन्ट गर्नु होला, जताभावी कमेन्ट नगर्नु होला ! भनेर अनुरोध गर्दै आएँ । तर, …

एकतर्फी ढंगले अर्थात् उग्र वा विषयमा केन्द्रित नरहेर जताभावी ढंगले ‘कमेन्ट वा गाली–गलौज !’ गर्ने ‘चल्ला राई !’ महानुभावहरुमा ‘प्रताप जङ कुलुङ राई, राज संगम राई, संग्राम राई, बुसुरी हुङनाम जय, केदार ईशानताम्पा राई, काङछामी मून राई, पुस्कर राई, विशाल राई, खिमलीना राई, बिमल किराती, कवि राई, डेविट राई, जनम बान्तावा राई, याङपित्रुङ छा … राई, लिङ चिङ … राई, अननोन/अननोउन किराती, राछेनबुङ … राई, सुनिल हाङछेन, विक्की राई, राई बायुङ, किरण राईलगायत अरु धेरै राई कामरेडहरु हुनुहुन्थ्यो । तर, मलाई के विश्वास छ भने, उहाँहरुमध्ये संभवतः ९२/९३ प्रतिशत देखि ९५/९६ प्रतिशतको फेस बुक आईडी नक्कली थियो होला । त्यसो त जान्ने बुभ्लनेहरुले भनेअनुसार ‘कुनै पनि व्यक्तिले आपूmलाई मन नपरेको विषय, मान्छे, संघ, संस्था आदिलाई जताभावी गालीगलौज गर्न र आमाचकारी गाली दिन यसरी नक्कली नाममा क्षणिक समयका लागि फेसबुक खोल्ने गरिएको छ वा खोल्ने गरिन्छ अरे ।’ तर, मैले माथि नाम उल्लेख गरेका र नगरेका सबै नाम सूची बनाएर राखेको छु । किनभने, यसरी नक्कली फेसबुक आईडी बनाएर जताभावी गालीगलौज गर्ने र आमाचकारी गाली दिने कामरेडहरुका बारेमा पनि ‘साईबर क्राईम ब्युरो’मा गएर सोधखोज गरेर उनीहरुको वास्तविक नाम पत्ता लगाएपछि फेरि अर्को एक लेख लेख्ने विचारमा छु । त्यसो त नेपालीमा भनाइ नै छ ‘नकच्चरोको औषधि !’ हुँदैन । तापनि … हुन त त्यसरी जताभावी कमेन्ट वा गालीगलौज गर्ने धेरै जसो ‘चल्ला राई !’ कामरेडहरु फेसबुकबाट हटी सक्नु भएको छ । हटेकाहरु समेतलाई मेरो ह्रदयदेखि नै हार्दिक धन्वयवाद छ ।

मैले राई जात वा जाति होइन भन्ने विषयमा अहिलेदेखि होइन, जबदेखि मैले राई जात वा जाति होइन भन्ने बुभेmँ, तबदेखि नै लेख्दै आएको छु, बोल्दै आएको छु, जनवकालत गर्दै आएको छु । खासमा राई के हो ? जात वा जाति हो कि ? शासकहरुले दिएको अस्थाई रुपको र छोरा नातिमा सर्दै जाने पदवी वा पगरी मात्रै हो ? भन्ने विषयमा राई जातिको नाममा खुलेको राई यायोक्खा नामक एनजिओ (समाज कल्याण परिषद दर्ता नम्बर–२६५६, काठमाण्डौ जिल्ला प्रशासन कार्यलय रजिस्टर्ड नम्बर–३२८/०४९/०५०) का हर्ताकर्ताहरु चम्किनुपर्ने हो ? तर, उहाँहरु पटक्कै चम्किनु भएको छैन । तर, जो ‘चल्ला राई !’ हुनुहुन्छ, उहाँहरु चम्किनु भएको छ, ठीकै छ । अभैm पनि विषयमा केन्द्रीत भएर चम्किनु होला, कमेन्ट लेख्नु होला । त्यसो गर्दा केही सिक्न सकिने ठाऊँ रहन्छ । त्यसैले चल्ला राई ज्युहरु, हजुरहरुले एक पटक कसै गरी माऊ राईहरुसँग सम्पर्क गरेर माऊ राईहरु किन नचम्केका हुन् ? बुभ्mनु होला । साथै कथित् राई जातिको नाममा खुलेको एनजिओका माथिल्लो पदमा रहेका राई सर, राईनी म्याडमहरु कुनै पनि कार्यक्रममा हामी (कुलुङ) लाई देखेपछि परपरै भागीभागी हिडँ्नु हुन्छ/भागी हिँड्नु हुन्थ्यो, किन ? हामीलाई बोलाउदै नबोलाऊ भन्नु हुन्थ्यो/हुन्छ किन ? हामीलाई बोलाएमा आउँदैनौं भन्नु हुन्थ्यो किन ? खास गरी यस्तो काम विसं २०७०/०७१ अघि र विसं ०५८/५९ अघि भएको थियो ।

फोटो दुरुपयोग बारे

हो, त्यो वेला मेरो फोटो भनेर प्रताप जङ कुलुङ राई भन्ने मान्छे (जो असलीयतमा भूपध्वज थोमरोस हुन् अथवा उनले लाएको/अह्राएको मान्ने कोही/कुनै राई !) ले सन् २०२१ जुन २६ तारिखका दिन कसको कसको फोटो फेस बुकमा पोस्ट गरेका थिए । खासमा मैले पोस्ट गरेको लेख, रचना वा सामग्रीको विषयमा केन्द्रीत रहेर बौद्घिक बहस र तर्क गर्न नसकेर उनले अरु नै कसैको फोटोलाई मेरो (‘निनाम कुलुङको बाल्यकाल’) भनेर फेसबुकमा पोस्ट गर्नु मिल्छ ? यसो गर्नु कहाँको बहादुरी हो ? कसको कसको फोटो मेरो भनेर दुरुपयोग गरेर पोस्ट गर्नु ठीक हो ? चल्ला राईहरुले यस विषयमा केही लेखेका, बोलेका छैनन्, उनीहरुले आमचकारी गाली गर्ने, विषयमा केन्द्रीत नरहेर जताभावी कमेन्ट गर्ने गर्दा पनि सहेकै थिए । तर, जब प्रताप जङ कुलुङ राईले, मेरो लेखमा केन्द्रीत नई अन्टसन्ट कमेन्ट गर्ने, जत्ति गर्दा पनि म नथाकेपछि मेरो भनेर कसको कसको फोटो फेसबुकमा राखेका थिए ।

यसरी मेरो फोटो हो भनी अर्कैको फोटो पोस्ट गरेकोमा, अरुको फोटो दुरुपयोग गरेको, मानहानी गरेको, मानसिक यातना दिएको लगयात मुद्धा हाल्न सकिन्छ भनेर वकिलले सुझाव दिएका थिए । किनभने, जब बौद्घिक ढंंगले, तार्किक ढंगले, वा भनौं एक सामान्य साक्षरले जत्ति पनि सीमारेखा नराखेर, विषयमा केन्द्रीत नभएर आमचकारी गाली गर्दा पनि म थाकिन, त्यसपछि प्रताप जङ कुलुङ राई ज्युले, सो फोटो मेरो भनेर गत २६ जुनमा पोस्ट गर्नु भएको थियो । वकिलहरुले पनि मानहानी, मानसिक यातना र अरुको फोटो दुरुपयोग गरेको लगायत मुद्घा लगाउन सकिन्छ भन्नु भएको थियो ।

त्यसैले फेरि पनि त्यसरी मेरो विरुद्ध अन्टसन्ट लेखेमा पोस्ट गरेमा प्रताप जङ कुलुङ राई भन्ने मान्छेले फेस बुक आईडी खोलेको मिति, उहाँले फेसबुकमा पोस्ट गरेको र कमेन्ट गरेको सामग्रीहरु अझ खासगरी मेरो भनेर उनले पोस्ट गरेको फोटो सबै सुरक्षित राखेको छु । साथै ऊ नेपालमै भएको, विदेशमा नभएकोसम्म पत्ता लागेको थियो । हुन त विदेशमै भए पनि फर्केर आएपछि कारबाही हुन्छ अरे, वकिल ज्युहरुले भन्नु भएको । विदेशी नागरिकता लिएर उतै बसेको भए अर्कै कुरा … । हुन पनि एक सामान्य साक्षरले जत्ति पनि सीमारेखा नराखेर आमचकारी गाली गर्दा पनि म थाकिन । त्यसपछि नै प्रताप जङ कुलुङ राइले सो फोटो मेरो भनेर गत २६ जुनमा पोस्ट गरेका थिए, प्रताप जङ कुलुङ राईले केही होइन भैmँ गर्दै धेरै पछिसम्म अन्टसन्ट कमेन्ट गर्दै मलाई जिस्क्याउँदै बसेका थिए ।

साथै त्यो वेला प्रताप जङ कुलुङ राईले मेरो (निनाम कुलुङको) भनेर पोस्ट गरेको फोटोको धनी वा भनौं संकलनकर्ता/कलेक्सनकर्ता ‘सुनिल उलक’ ज्यु हुनु भएकोले सुनिल उलक ज्यु वा उहाँका परिवारहरुले जहाँ भए पनि मसँग सम्पर्क गर्नु हुन वा मेरो सम्पर्कमा आउनु हुनएक पटक फेरि पनि हार्दिक अनुरोध छ । किनभने, प्रताप जङ कुलुङ राई ज्युले मेरो फोटो भनेर कसको कसको फोटो पोस्ट गरेको जुन छ, त्यो सामान्य र खेलाँची वा ख्याल–ठट्टाको विषय होइन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार