आमचोकमा आगलागी, करिब १३ लाखको क्षति

इलाम : इलामको फाकफोकथुम गाउँपालिका १ आमचोकमा आगलागी हुँदा करिब १३ लाख रुपैयाँ बराबरको क्षति भएको छ ।

विहीबार दिउँसो करिब २ बजे आमचोक चित्रेका भक्त बहादुर राईको घरको चुल्होबाट सुरु भएको आगलागीले ढुङ्गा माटोले बनेको टिनको छानो भएको राईको एक तले घर जलेर नष्ट प्रहरीले जनाएको छ ।

घरमा कोहि नभएको अवस्थामा आगलागी हुँदा घरका साथै २ लाख ५० हजार नगद, ३ तोला सुन, ५ तोला चाँदि, ६ ठेक्का सल्ला, कटुस उतिस जातको चिरानि काठ, लत्ता कपडा,भाडा बर्तन, अन्नपात जलेर १३ लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको  छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार