इलाम : स्थानीय तहको निर्वाचनको मिति नजिकिएसँगै दलहरुका गतिविधि गाउँ गाउँमा केन्द्रित हुन थालेका छन् । नेपाली कांग्रेसले ‘घर–घर जाऔ कांग्रेस जिताऔं’ अभियान सञ्चालन गरेको छ ।
एमालेले ‘म जिताउँछु मेरो वडा’ अभियान सुरु गरेको छ । नेकपा माओवादी र नेकपा (एकीकृत सामाजवादी) ले पनि स्थानीय निर्वाचन लक्षित अभियान गाउँपालिका र नगरपालिका, उपमहानगरपालिका र महानगरपालिकामा सुरु गरेका छन् ।
सत्तारुढ नेपाली कांग्रेस, नेकपा माओवादी, नेकपा समाजवादी र जनता समाजवादी पार्टीबीच स्थानीय निर्वाचनमा गठबन्धन हुने भएको छ । महानगर र उपमहानगरमा केन्द्रबाटै गठबन्धन हुनेछ भने नगरपालिका र गाउँपालिकामा जिल्ला तहबाट हुने भएको छ ।