इलाम : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले अहिलेको सरकार सरकार जस्तो नभएको बताएका छन । राप्रपा इलामले सूर्योदय नगरपालिकाको फिक्कलमा बिहीवार आयोजना गरेको सभालाई सम्बोधन गर्दै अध्यक्ष लिङ्गदेनले अदालत अदालत जस्तो नभएको र संसद संसद जस्तो नभएको उल्लेख गरे ।
लिङदेनले एमसिसि जस्तो बिबादास्पद कुरा पास गर्न मात्र संसद प्रयोगमा आएको आरोप समेत लगाए । उनले देशको अवस्था अहिले निकै गम्भिर अवस्थामा पुगेको जनाउदै देश श्रीलङ्का र युक्रेन बन्ने खतरामा पुगेको उल्लेख गरे । फरक प्रसँङ्गमा लिङदेनले बर्तमान सरकार देशको अर्थतन्त्रलाई ध्वस्त गर्न नाइकेको रुपमा लागि परेको बताउदै दशमा कुनैपनि अंगले काम नगरेको जनाए ।
यता पार्टी केन्द्रिय सदस्य एबम अभिनेत्री रेखा थापाले देश ३१ बर्षदेखि केही राजनैतिक पार्टी र त्यसका केही नेताबाट बन्धक बनिरहेको बताईन । थापाले देश उठ्न नसक्ने अवस्थामा पुगेको जनाउँदै देश पूर्ण रुपमा बेरोजगार कारखाना उत्पादन गर्ने अवस्थामा पुगेको उल्लेख गरिन ।
सभामा बिभिन्न पार्टी परित्याग गरी दर्जन बढी कार्यकर्ता राप्रपामा प्रबेश गरेका थिए ।