ज्योती विकास वैंक इलाममा पनि

  नयाँ बुलन्द
2.2k Shares


इलाम : ज्योती विकास वैंकले इलाममा शाखा बिस्तार गरेको छ । बुधबार सदरमुकाम इलाम बजारमा एक कार्यक्रकको आयोजना गरि शाखा कार्यलयको उध्घाटन गरिएको हो । बैकका अध्यक्ष हरिचन्द्र खड्काले उध्घाटन कार्यक्रममा बाेल्दै  इलाममा राखिएको शाखा  एक सय १२ औं रहेको बताएका छन् । उनले ज्योती विकास वैंकले समयको आधारमा सेवा नभएर सेवाग्राहीको सहजतामा सेवा दिने समेत बताए ।

यता इलाम शाखाका प्रवन्धक अम्विका ढकालले वैंकले सरल र सहज ढंगले कम सेवा शुल्कमा सेवा प्रभाव गर्ने  वताएका छन् । इलाम सदरमुकामस्थित चोक वजार नजिक वैंकको शाखा स्थापना भएको हो । २०६५ सालमा स्थापित वैंकले यो सँगै देशभर शाखा सञ्चालन गरको छ ।

नेपाल राष्ट्र वैंकवाट ‘ख’ वर्गको इजाजत प्राप्त वैंकले जिल्लाका ग्रामिण भेगसम्म सेवा प्रदान गर्ने जनाएको छ ।  कार्यक्रमामा इलामका उद्दयोगी, ब्यापारी,कर्मचारी शिक्षक लगायतको उपस्थिति रहेको थियो ।

No description available.

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार