पाँचदलीय गठबन्धन कुहिसकेको छ, चाँडै टुट्छ : केपी ओली

  नयाँ बुलन्द
56 Shares

 पाँचदलीय गठबन्धन कुहिसकेको छ, चाँडै टुट्छ : केपी ओली

भक्तपुर । नेकपा एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी ओलीले अहिलेको पाँंचदलीय गठबन्धन कुहिएको गठबन्धन भएको बताउनु भएको छ । यो गठबन्धन कुहिसकेकाले चाँंडै टुट्ने उहाँले दाबी गर्नुभयो ।

‘जसरी फल कुहिनेवित्तिकै झर्दैन र केही समय लाग्छ, यो गठबन्धनको हालत पनि यस्तै भइसक्यो,’ उहाँले भन्नुभयो, ‘कुहिएको फल छुट्न थालेसँंगै गठबन्धन छुट्न थाल्छ ।’

भक्तपुरको सूर्यविनायक नगरपालिका ८ सिपाडोलस्थित शान्ति निकेतन माविको भवन उद्घाटन तथा हस्तान्तरण कार्यक्रममा बुधबार उहाँले गठबन्धन किन टुट्छ भन्ने विषयमा भने कुनै उल्लेख गर्नुभएन । तर पनि निर्वाचनमा संयुक्त उम्मेदवारी दिने बेलामा गठबन्धन टुटने उहाँको आशय थियो ।

ओलीले अबको निर्वाचनपछि विकासको लहर सुरु हुने दाबी पनि गर्नुभयो । चुनावपछि एमाले विजयी हुने र त्यसपछि शिक्षा, स्वास्थ्य सबैमा विकासको लहर चल्ने उहाँको भनाइ थियो ।

विद्यार्थीलाई देशभक्तिबारे अहिलेदेखि नै सिकाउनुपर्ने आवश्यकता रहेको उहाँले औंल्याउनु भयो । स्थानीय निर्वाचन आउन लागेको र सबै घोषणापत्र लिएर आउने भन्दै उहाँले अरुको घोषणापत्र हावाको हुने सुनाउनु भयो । ‘मेरो टेम्पो उड्यो भने म तपाईलाई जापान उडाइदिन्छु भन्ने प्रकारको अरुको घोषणापत्र हुन्छ,’ उहाँले भन्नुभयो, ‘जबकि न ट्याम्पो उड्छ न त जापान नै जान पाइन्छ ।’

एमालेको घोषणापत्र जनतासँंग मिलेर गर्नसक्ने कुराहरू राखेर मात्र बनाइने उहाँले दाबी गनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार