माङसेबुङ ४ मा सार्वजनिक सुनुवाई कार्यक्रम

  नयाँ बुलन्द
126 Shares

माङसेबुङ : माङसेबुङ गाउँपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रम सोमबार माङसेबुङ गाउँपालिका ४ मार्चेबुङमा सम्पन्न भएको छ ।

जनप्रतिनिधि तथा कर्मचारीहरूमा जवाफदेही संस्कार बसाउने एवम् दोहोरो संवादबाट जिम्मेवार अधिकारी र नागरिक बीचको दूरी कम गरी सेवा, वस्तु र सुविधा प्रदायक अधिकारी सहजकर्तामा रुपान्तरीत भई सुशासनको प्रत्याभूति दिने उदेश्यले सार्वजनिक सुनुवाई कार्यक्रम भएको हो ।

लगभग १ सयजना वडाबासीको उपस्थिती रहेको कार्यक्रममा ७ जना सेवाग्राहीले प्रत्यक्ष चासो र गुनासो राखेका थिए । सेवा लिएर फर्किएका सेवाग्राहीहरुबाट बहिर्गमन मत ३० जनामा सोधपुछ गरिएको थियोे ।

कार्यक्रममा आशिष लिम्बू,गौचन राई , बलबहादुर राई, योगेस राई, अमरदिप राई,केन्द्रबहादुर राईलगायतले प्रश्न र सुझाव राखेका थिए । प्रश्नकर्ताको प्रश्नको जवाफ वडा अध्यक्ष अमृतबहादुर राई र गाउँपालिकाका प्रतिनिधि हिमाल खनालले दिएका थिए । उनीहरुले आगामी दिनमा कार्यालयले आवश्यक सुधार गर्दै अघि बढ्ने प्रतिवद्धता जनाए ।

सहजकर्ता राम योङहाङले ३० जनाको नागरिक प्रतिवेदन पत्र र ३० जनाको बहिर्गमन अभिमतको नतिजा प्रस्तुत गरेको थिए । बहिर्गमन अभिमतबाट प्राप्त प्रतिक्रियामा राम्रो पक्षसँगै र सुधार गर्नुपर्ने विषयहरु औंल्याइएको छ ।

सुधार गर्नुपर्ने विषयहरुमा कर्मचारीहरु कार्यालयम नियमित रुपमा उपस्थित हुनुपर्ने, कर्मचारी संख्या थप गर्नुपर्ने, योजना र कार्यक्रमको बारेमा समयमा जानकारी हुनुपर्ने, हरेक योजनाको सावजनिकीरकण हुनुपर्ने, वडामा आएको हरेक सूचना समयमा नै गाउँघरमा पुर्याउनुपर्ने, संचारको व्यवस्थापन राम्ररी गर्नुपर्ने, बेरोजगारताप्रति ध्यानाकर्षण हुनुपर्ने, जनतालाई दुख नदिने, विनियोजित बजेट बाँडफाँड हुँदा सूचना हुनुपर्यो, गाउँको विकास अझै गरे राम्रो हुन्छ, सेवाग्राही भएको बेला कर्मचारी हुनुपर्यो, वडा कार्यालयबाट सजिलै सेवा पाउने वातावारण सिर्जना गर्नुपर्यो, वडामा एक जना वडा सचिवको अनिवार्य व्यवस्था गर्नुपर्नेलगायतका सुझाव दिएका थिए ।

कार्यक्रमको सहजीकरण बुलन्द मल्टिटेक्निकल मिडिया प्रालिको तर्फबाट राम योङहाङले गरेका थिए । कार्यक्रमको प्रत्यक्ष प्रशारण रेडियो माङ्सेबुङ १०४.६ मेगाहर्ज र किरात समाचारको फेसबुक पेजबाट भएको थियोे ।

सार्वजनिक सुनुवाई कार्यक्रमले शासन सञ्चालनमा पारदर्शिता, नेतृत्वमा जवाफदेहिता र सार्वजनिक चासोका बिषयमा आम नागरिकहरूको सूचनामा पहुँचलाई मजबुत बनाउनुका साथै सार्वजनिक सेवा, वस्तु र निर्णय प्रकृयामा आम नागरिकको सहभागितालाई प्रवर्द्धन गर्न योगदान गर्ने गाउँपालिकाको विश्वास छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार