पेट्रोल र डिजेलमा कालोबजारी गरेको भन्दै नागरिकले दिए वाणिज्य संघमा निवेदन

  नयाँ बुलन्द
854 Shares

 

इलाम: माइ नगरपालिका भित्रका व्यापारीले पेट्रोल र डिजेल कारोबारमा कालोबजारी गरेको भन्दै स्थानीय नागरिकले वाणिज्य संघमा निवेदन दिएका छन् ।

नगरपालिकाका बजारहरुमा पेट्रोल र डिजेलको कृत्रिम अभाव सृजना गर्दै पेट्रोल प्रति लिटर ३०० रुपैयाँ र डिजेल १६५ रुपैयाँ प्रति लिटर बिक्रि गरेको निवेदकले आरोप लगाएका छन् । कालोबजारी नियन्त्रण तथा अनुगमन गर्न अनुरोध गर्दै मंगलबार उद्योग वाणिज्य संघ माइ शाखामा स्थानीय युवाले निवेदन दिएका हुन् ।
व्यापारीले कुनै मुल्य सुची नराखी आफू खुशी मुल्य कायम
गरेर धमाधम बिक्री गरेको दावी सहित उनले पालिका भित्रका प्रभावित क्षेत्रमा अनुगमन गरि त्यस्ता व्यापारीलाई कार्वाहीको समेत माग गरेका छन् ।

साथै प्रहरी प्रशासनलाई पनि जानकारी गराएकोले
छिट्टै कालाबजारीका सामानहरु नियन्त्रण गरिए समाचार सुन्नु पाउने उनले अपेक्षा गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार