त्रिसाली मेलासंगै यासोकमा अन्तराष्ट्रिय आमन्त्रण गोल्डकपको आयोजना

  नयाँ बुलन्द
1.5k Shares

 

पाँचथर: कुम्मायक गाउँपालिकाको यासोकमा तेस्रो कुम्मायक- कुस्सायक अन्तराष्ट्रिय आमन्त्रण गोल्डकप प्रतियोगिता संचालन हुने भएको छ ।

त्रिशाली पूजा तथा मेलाको अवसरमा चैत २८ गतेदेखि आयोजना हुने खेल बारेमा आयोज मार्फत सोमबार फिदिममा पत्रकार सम्मेलन गरि प्रतियोगिताको खेल तालिका सार्वजनिक गरिएको हो ।
उक्त प्रतियोगितामा भारत सहित आठ टीमको सहभागीता रहने जनाइएको छ । पालिकाको वडा नम्बर १,यासोकस्थित पृथ्वी माध्यमिक विद्यालयको खेलमैदानमा हुने प्रतियोगिताको उद्घाटन खेलमा आयोजक सयपत्री क्लव (निलो) ले ब्रदर्श युनाइटेड क्लव झापासंग प्रतिस्पर्धा गर्नेछ ।

दोस्रो खेल चैत २९ गते केएफसी झापा र खेवाङ एफसी ताप्लेजुङ बीच भिडन्त हुनेछ । प्रतियोगिताको चौंथो खेल चैत ३० गते संगम एफसी सुनसरी र केकेएफसी झापा बीच हुने आयोजक समितिले जानकारी दिएका छन् । प्रतियोगिता अन्तर्गत पहिलो चरणको अन्तिम खेल वैशाख १ गते सयपत्री क्लव (रातो) सिलिगुढी भारतको एसटी ब्रदर्श बिरुद्ध मैदान उत्रिनेछ ।

प्रतियोगिताको बिजेतालाई नगद ३ लाख ३३ हजार ३३३ रुपैंयाँ र उपबिजेताले नगद १ लाख ६६ हजार ६६६ रुपैंयाँ प्रदान गरिने भएको छ । हरेक खेलको म्यान अफ् दि म्याचलाई नगद ५ हजार रुपैंयाँ र बिधागत तर्फका उत्कृष्टलाई जनही ८ हजार रुपैंयाँ प्रदान गरिने आयोजक सयपत्री क्लवका अध्यक्ष शिव लाओतीले जानकारी दिए ।

यस खेलसंगै भलिवल र व्याडमिन्टन प्रतियोगिता,स्रष्टा सम्मान साथै विविध साँस्कृतिक तथा मनोरञ्जनात्मक कार्यक्रमहरुको आयोजना गरिएको छ ।
खेलबाट भरपुर मनोरञ्जन तथा आन्तरिक पर्यटको उपस्थित रहने अपेक्षा गरिएको पूजा तथा मेला मूल समारोह समितिका संयोजक समेत रहेका १ नम्बर वडाका अध्यक्ष देबेन्द्र कुमार लावतीले बताए ।

विगतदेखि लाग्दै आएको त्रिसाली मेलालाई थप आकर्षक बनाउन र यहाँ रहेका धार्मिक स्थलको प्रचारप्रसार गरि आन्तरिक पर्यटकको माध्यमबाट यस क्षेत्रको विकास र प्रवर्द्धनमा सहयोग पुर्‍याउने उदेश्य सहित खेलको आयोजना गरिएको उनले जानकारी दिए ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार