इलाम : यातायात व्यवस्था सेवा कार्यालय इलामले सवारी चालक अनुमति पत्र (स्मार्ट लाईसेन्स) वितरण सुरु गरेको छ । सोमबार सेवाग्राही तनुजा काफ्लेलाई स्मार्ट लाईसेन्स प्रदान गर्दै कार्यालयका प्रमुख छबिलाल खतिवडाले उक्त सेवाको शुभारम्भ गरेका हुन् । कार्यालयले गएको कार्तिक अन्तिम सातादेखि नै इलामबाटै लाइसेन्स बितरणको प्रकृया सुरु गरेको भए पनि स्मार्ट कार्ड वितरण भने सोमबार बाट मात्र सुरु गरिएको प्रमुख खतिवडाले नयाँ बुलन्दलाई जानकारी दिए । उनले भने,“ हाल पौष मसान्त सम्म ट्रायल पास गर्नेको स्मार्ट लाइसेन्स कार्यालयमा आइसकेको र पौष मसान्त पछिका बाकी रहेकाहरुको पनि आउने क्रममा रहेको छ । कार्यलयमा एक हजार २० जना सेबाग्राहीको स्मार्ट लाइसेन्स प्राप्त छ । अब इलाम बाट ट्रायल पास गर्नेले डेढ महिनामै स्मार्ट लाइसेन्स पाउने छन् , अब सवारी चलाउदा रषिद देखाएर बर्शौ कुद्नु पदैन ।” स्मार्टकार्ड पाउन बर्षौ कुर्नु पर्ने समस्याको अन्तय गर्न समेत कार्यालयले यो प्रयास थालिएको बताइएकाे छ । कार्यलयले स्मार्ट लाइसेन्स बितरणका लागि हप्ताको दुई दिन सोमबार र मंगलबार लाई तोकेको छ ।
के हो स्मार्ट लाइसेन्स ?
लाइसेन्स वितरणमा एक रुपता ल्याउन नयाँ प्रविधि अपनाउदै टिकाउ, सुरक्षित र विश्वसनीय मानिने स्मार्ट लाइसेन्स क्रेडिट कार्ड साइजको विद्युतीय कार्ड हो । यो टिकाउ, मजबुत र बोक्न सजिलो पनि छ । यसमा देखिनेगरी चालकसँग सम्बन्धित फोटो सहितका विवरणहरु राखिएका हुन्छन् । यसबाहेक यसमा सीमकार्डमा जस्तै धातुको चिप जडान गरिएको हुन्छ । जसमा चालक र सवारीसँग सम्बन्धित डाटाहरु स्टोर गरिएका हुन्छन् । त्यहाँका डाटालाई विभाग र प्रहरीले साझेदारी गरेर हेर्न सकिने छ । स्मार्ट लाईसेन्स विद्युतीय प्रविधिको भएको हुनाले फर्जी र नक्कली लाईसेन्सलाई स्र्माट लाइसेन्सले विस्थापित गर्नेछ ।
कर्मचारी अभाब
यता कार्यालय बाट लाइसेन्सको वितरण सुरु गरिए पनि आवश्यकताअनुसार कर्मचारी नभएकाले सीमित कर्मचारीबाट सेवा प्रवाह गर्नुपर्दा समस्या भएको कार्यालयका सुचना अधिकारी रबिन्द्र श्रेष्ठले जानकारी दिए । उनले सिमित कर्मचारीले काम गर्नु पर्दा बिहान ६ बजे देखी साझ सम्म गरिरह्नुपरेको बताए । श्रेष्ठका अनुसार हालसम्म तीन हजर ५ सय जनाले लिखित र प्रयोगात्मक (ट्रायल) परिक्षा उत्तीर्ण गरेका छन् । जस्मा ‘ए’ वर्गको मोटरसाइकल दुई हजार तीन सय ८७ जना , स्कुटर र मोपेड एवम् ‘के’ वर्गको स्कुटर र मोपेड चार सय ५५ जनाले र बी’ वर्गको कार, जिप र डेलिभरी भ्यानको लाइसेन्स पाँच सय ९६ जनाले , टेम्पोको २७ जनाले र ट्रयाक्टरको चौतिस जना रहेका छन् ।
कार्यालयले सेवाग्राहीलाई मध्यनजर गर्दै सातामा तीन पटकसम्म परीक्षा संचालन गर्दै आएको छ । इलाममा एक चरणमा ‘ए’ वर्गको मोटरसाइकल, स्कुटर र मोपेडका लागि १ सय, ‘के’ वर्गको स्कूटर र मोडेडका लागि ४०, ‘बी’ वर्गको कार, जिप र डेलिभरी भ्यान लागि ३०, ‘सी’ वर्गको टेम्पो र अटोरिक्साका लागि २०, ‘जे वान’ वर्गको स्काभेटरका लागि २०, ‘जे टु’ वर्गको ब्याकहुलोडरका लागि १५ र ‘ई’ वर्गको ट्रयाक्टरका लागि १५ जनाको कोटा प्राप्त भएको छ ।
इलामबाट ड्राइभिङ लाइसेन्स वितरण सुरु भएपछि इलामसहित पूर्वि पहाडी जिल्ला पाँचथर, ताप्लेजुङ र तेह्रथुमका सेवाग्राहीलाई सहज भएको छ । यसअघि उनीहरु झापाको विर्तामोड र सुनसरीको इटहरीको यातायात कार्यालयसम्म धाउनुपर्ने बाध्यतामा थिए । कार्यालयले लाइसेन्स नवीकरण, नयाँ सवारी दर्ता नामसारी, सवारी दर्ता प्रमाण नवीकरण, बाटो ईजाजत पत्र (रुट परमिट) जारी गर्ने र नवीकरण गर्ने, सवारी साधनको प्राविधिक परीक्षण (जाँचपास) गर्ने, सवारी साधनको प्रदुषण परीक्षण गर्ने, यातायात सेवाको नाम पन्जिकृत गर्ने, सेवाग्राहीबाट सवारी साधनको कर राजश्व बुझिलिनेलगायतको काम गर्दै आएको छ ।
११ कर्मचारीले धानेको यातायात कार्यालय इलाम ,जहाँ सेवाग्राही खुशी हुन्छन्