फाकफोकथुम अध्यक्ष गोल्डकपको दोस्रो संस्कारण सम्पन्न

  युद्धबहादुर बोहोरा
560 Shares

 

इलामः गतचैत ५ गतेदेखि फाकफोकथुम गाउँपालिकामा संचालन भएको अध्यक्ष गोल्ड कपको दोस्रो संस्कारण आइतबार सम्पन्न भएको छ ।

पुरुष तर्फको खेलमा मनकामना एफसीलाई २-१ गोल अन्तरले हराउँदै कोल्बोटे एफसीले जित हाँसिल गरेको छ । खेलको पहिलो चरणमा कोल्बोटे एफसीले २ गोल गरेको थियो भने उपविजेता टिमले खेलको दोस्रो हाफमा १ गोलमा चित्त बुझाउनु परेको थियो ।

त्यस्तै,महिलाको खेलमा ट्राइबेकरमा मनकामना एफसीलाई ४ गोलका विरुद्ध ५  गोलले उछिन्दै माङसेबुङ एफसी विजयी भएको छ साथै भेट्रान तर्फ पितामोरुङ भेट्रानलाई १-० गोल अन्तरले हराउँदै इलाम भेट्रान विजयी बनेको हो ।

खेलमा पुरुष तर्फ विजेतालाई दुई लाख रुपैया नगद,मेडल र प्रमाणपत्र र उपविजेतालाई एक लाख,मेडल र प्रमाणपत्र प्रदान गरिएको छ । महिला र भेट्रान तर्फ बिजेतालाई ५० हजार नगद,मेडल र प्रमाणपत्र साथै उपविजेताले २५  हजार,मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । पुरूष,महिला र ४० वर्ष माथिको भेट्रान टिम सहभागि रहेको खेलमा पुरुष तर्फ जम्मा २० टिम,महिला तर्फ १२ र भेट्रानमा ८ टिमको सहभाहिता रहेको थियो । खेलका उत्कृष्ट किपर विजेता टिमका रोशन लिम्बु,सर्बाधिक गोलकर्ता उपविजेता टिमका शिशिर राई र उत्कृष्ट खेलाडी सन्तु लिम्बुलाई नगदसहित सम्मान गरिएको आयोजक अध्यक्ष रुद्र थापाले जानकरी दिए ।  पुरुष,महिला र भेट्रान तर्फ क्रमशः चार हजार पाँच सय,दुई हजार पाँच सय र एक हजार रुपैंया खेल दर्ता शुल्क तोकिएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि गाउँपालिका अध्यक्ष रामकुमार श्रेठ,विशिष्ट अतिथि प्रमुख प्रसाशकिय अधिकृत दिलकुमार लिम्बु, वडाध्यक्ष याम बहादुर खत्री पौडेल,टेकवीर लिम्बु र डिकबहादुर थापा सहित आयोजकका अध्यक्ष थापा लगायतले विजेता तथा उपविजेतालाई पुरस्कार हस्तान्तरण गरेका थिए ।

पालिकाको आर्थिक सहयोगमा २ नम्बर वडा खेलकुद विकास समितिको आयोजनामा राष्ट्रिय माध्यमिक विद्यालयको खेलमैदानमा अध्यक्ष गोल्डकप खुल्ला नकआउट फुटबल प्रतियोगिता संचालन भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार