काङ्ग्रेसको साख तोड्दै पाँचथर उद्योग वाणिज्य संघमा एमाले निकट घिमिरे निर्वाचित

  नयाँ बुलन्द
686 Shares

 

पाँचथर: पाँचथर उद्योग वाणिज्य संघमा नेकपा एमाले निकट नवराज घिमिरे अध्यक्षमा निर्वाचित भएका छन् ।

काग्रेस,माओवादी केन्द्र,नेकपा (एस) र जनता समाजवादी बिचको सत्तारुढ गठबन्धनमा काग्रेसको तर्फबाट अध्यक्ष पदमा प्रतिस्पर्धि नरेन्द्र प्रसाद अधिकारीलाई ७९ मत अन्तरले पराजित गरेका हुन् । अन्य पदमा भने अधिकाँश गठबन्धन पक्षले जित हाँसिल गरेको छ । उद्योग वाणिज्य संघ पाँचथरमा पहिलो पल्ट एमालेबाट संघको नेतृत्व हात परेको हो ।

१२ औँ अधिवेशनमा सत्तारूढ इतर एमाले र राप्रपाको गठबन्धनबाट अध्यक्षमा निर्चाचित घिमिरेले ६५२ प्राप्त गर्दा अधिकारीले ५७३ मत प्राप्त गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार