चो?लुङ पार्कमा निर्मित मौलिक भवनहरु उद्धघाटन

चो?लुङ पार्कमा निर्माण गरिएको लिम्बुजाती संग सम्बन्धीत मौलिक युमा संग्राहालय, सिरिजङ्गा साप्लाहिम र पेगि फाङसाम हिमको भौतिक पुर्वाधार तथा यातायात पुर्व राज्यमन्त्री सीता गुरुङले एक समारोहका बिच उद्धघाटन गर्नुभएको छ

  टीआर सेनेहाङ  314 पटक हेरिएको

तेह्रथुम – लालीगुराँस नगरपालिकाको चो?लुङ पार्कमा नव निर्मित भवनहरु आज उद्धघाटन गरिएको छ । पार्कमा निर्माण गरिएको लिम्बुजाती संग सम्बन्धीत मौलिक युमा संग्राहालय, सिरिजङ्गा साप्लाहिम र पेगि फाङसाम हिमको भौतिक पुर्वाधार तथा यातायात पुर्व राज्यमन्त्री सीता गुरुङले एक समारोहका बिच उद्धघाटन गर्नुभएको हो ।

भवन उद्धघाटन गर्दै पुर्व राज्यमन्त्री गुरुङले चो?लुङ पार्कले लिम्बु जातीको मौलिक मात्र सभ्यता उजागर नगरेर पुर्वको पर्यटन प्रवद्र्धनमा नै टेवा पु¥याएको तर्क राख्नुभयो । तेह्रथुम जिल्ला पर्यटनको प्रचुर सम्भावना बोकेको जिल्ला भएकाले चो?लुङ पार्कमा निर्माण गरिएको मौलिक कलात्मक घर तथा संग्रालयले जिल्ला कै पहिचान बनाउने विश्वास व्यक्त गर्नुभयो ।


भवन उद्धघाटनका लागी गृहमन्त्री वालकृष्ण खाड आउने कार्यक्रम तय गरिए पनि प्रतिकुल मौसमका कारण हेलिकप्टर अवतरण गर्न कठिनाई भएकोले गृहमन्त्री द्धारा भवन उद्धघाटन गर्न नसकिएको लालीगुराँस नगरपालिकाका प्रमुख अर्जुन माबोहाङले बताउनुभयो । मेयर माबोहाङका अनुसार आईतबार राष्ट्रिय तथा स्थानीय कलाकारहरु द्धारा सांगितिक प्रस्तुती रहने भएको  छ । सांस्कृतिक कार्यक्रमका लागी सुनिता थेगिम,ुसनिता संयक लगायतका कलाकार तेह्रथुम आउने तयारी रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार