निर्वाचनमा गठबन्धनको विलल्प छैन :  गृहमन्त्री खाँण

कार्यवाहक प्रधानमन्त्री तथा गृहमन्त्री बालकृष्ण खाँणले स्थानीय तहको निर्वाचनमा दलहरु बीच गठबन्धन कायम रहने बताएका छन्

  टिआर सेनेहाङ
511 Shares

तेह्रथुम । कार्यवाहक प्रधानमन्त्री तथा गृहमन्त्री बालकृष्ण खाँणले स्थानीय तहको निर्वाचनमा दलहरु बीच गठबन्धन कायम रहने बताएका छन् । नेपाल पत्रकार महासंघ तेह्रथुमले शनिवार आयोजना गरेको पत्रकार सम्मेलनमा गृहमन्त्री खाँणले नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी बीचको गठबन्धन कायम रहने बताएका हुन । केपी ओली नेतृत्वको सरकार निरंकुश बनेपछि गठबन्धनको सरकार आवश्यक भयो, गृहमन्त्री खाँणले भने आगामी बैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनमा गठबन्धनको उम्मेद्धार हुने छन् । जिल्ला प्रशासन कार्यालयको भवन उद्धघाटन गर्न गृहमन्त्री खाँण तेह्रथुम आएका हन् । गृहमन्त्री खाँडले नेपाली कांग्रेस तेह्रथुमले आयोजना गरेको कार्यकर्ता भेटघाट तथा लालीगुराँस नगरपालिकाको चोत्लुङ पार्कमा निर्माण गरिएको सावायेत्हाङ पाङभेको मौलिक घरको समेत उद्ध्घाटन गर्ने कार्यक्रम रहेको मन्त्री खाँडको सचिवालयले जनाएको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार