पेट्रोलियम पदार्थको मूल्यवृद्धि : इलामका निर्माण ब्यब्सायीले बुझाए ज्ञापन पत्र

  नयाँ बुलन्द
112 Shares

इलाम : निर्माण ब्यब्सायी संघ इलामले पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ । ज्ञापनपत्र बुझाउँदै निर्माण ब्यब्सायी संघ अध्यक्ष सन्तोष कुमार कटुवालले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिप्रति आफुहरुको गम्भिर ध्यानाकर्षण भएको बताएका छन ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रियरुपमा फैलिएको कोरोना महामारीले लामो समयको बन्दाबन्दीले ठप्प भएको निर्माण आयोजना धमाधम आयोजना शुरू हुँदै गएको बेला निर्माण सामग्रीमा मूल्यवृद्धि हुँदा व्यवसायीहरू मारमा परेको निर्माण व्यवसायीहरुले बताएका छन् ।

संघका अनुसार फलामजन्य निर्माण सामग्रीहरू विभिन्न साइजका डण्डी, पाता, पत्ती, जी आई तार, ग्याविन तारमा अत्यधिक मूल्य बढाएकोले निर्माणका काममा समस्या भएको बताएका छन । त्यस्तै, नदीजन्य निर्माण सामाग्री ढुंगा, बालुवा गिट्टीमासमेत विभिन्न व्यवसायीहरूले अभाव देखाई अत्यधिक मूल्यवृद्धि गरेको जनाएको छ । तर, मूल्यवृद्धि कुनै पनि दृष्टिकोणबाट व्यवहारिक तथा वैज्ञानिक नदेखिएको अध्यक्ष कटुवालको भनाइ छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार