बिवादस्पद अभिब्यक्ति दिने शिक्षक भण्डारीलाई स्पष्टीकरण माग

  नयाँ बुलन्द
336 Shares

इलाम : बिवादस्पद अभिब्यक्ति दिने अमर कल्याण माध्यमिक बिद्यालय नयाँबजारमा कार्यरत शिक्षक टिका गौतम भण्डारीलाई शिक्षा बिकास तथा समन्वय इकाई इलामले स्पष्टीकरण सोधेको छ ।
गौतमले नेकपा एकिकृत समाजवादी निकट शिक्षक संगठन छाडेर नेकपा एमाले निकट शिक्षक संगठनमा प्रवेश गर्दा सार्वजनिक रुपमै आफुले एमाले बाहेक अन्य दलमा आस्था भएका शिक्षकलाई नियुुक्त नगरेको बताएकी थिइन् । उनी कार्यक्रममा बोलेको भिडियो सामाजिक संजालमा भाईरल भए पछि बिवादमा परेकी भण्डारीलाई समन्वय इकाईले सात दिने स्पष्टीकरण सोधेको हो
इकाईले गौतमलाई दल बिशेषले आस्था राखी एमाले निकटलाई मात्र शिक्षक नियुक्ती गरेको भन्ने अभिब्यक्ति दिए पछि उक्त भिडियो भाईरल भएको थियो । इकाई प्रमुख सम्भु थापामगरद्धारा हस्ताक्षरित पत्रमा भण्डारीलाई गाउँपालिकाको बिज्ञका रुपमा राखी रहन उपयुक्त नहुँने भन्दै बिज्ञबाट हटाई बिभागीय कारवाही किन नगर्ने भन्ने आसय सहितको ७ दिने स्पष्टीकरण सोधेको छ । सात दिन भित्रमा स्पष्टीकरण नदिए बिभागीय कारवाही गर्ने जनाईएको छ ।
। भण्डारीले आफुले एमाले बाहेकका शिक्षक नियुक्त नगरेको र एक जना झुक्किएर नियुक्त भएका कांग्रेस निकट शिक्षकलाई समेत एमालेमा ल्याएको बताएकी थिइन् । अभिव्यक्तिको निष्पक्ष छानविन गरी शिक्षा क्षेत्रलाई स्वतन्त्र, सर्वशुलभ र स्वायत रहेको आभाष दिलाउन नेविसंघ र नेपाली काग्रेस माईजोगमाईले माग गरेको छ ।
काग्रेस र नेविसंघले सम्बन्धित निकायले कारवाही नगरे चरणबद्ध आन्दोलन गर्ने जनाउदै आएको छ । भण्डारी स्थाई शिक्षक भए पनि खुल्ला राजनीति गर्दै आएकि छन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार