इलामको सूर्योदय नगरपालिमा स्थानीय पाठ्यपुस्तक ‘हाम्रो सूर्योदय’ लोकार्पण

  नयाँ बुलन्द  326 पटक हेरिएको

इलाम : इलामको सूर्योदय नगरपालिमा स्थानीय पाठ्यपुस्तक ‘हाम्रो सूर्योदय’ लोकार्पण गरिएको छ । फिक्कल माविको प्राङ्गणमा सम्पन्न एक कार्यक्रमका बिच पुस्तक लोकार्पण साथै वडा नं ९ र १० लाई बालमैत्री स्थानीय शासनयुक्त तथा बालश्रम मुक्त वडा घोषणा गरिएको हो । बालमैत्री नगरपालिका घोषणा गर्ने तयारीमा रहेको सूर्योदयले पहिलोपटक २ वटा वडालाई बालमैत्री बनाएको छ । ‘सूर्योदय नगर,पर्यटकीय शहर,बालमैत्री बनाउने नगरवासीको रहर’ भन्ने नाराका साथ ५१ सुचक पुरागर्दै घोषणा गरिएको बताईएको छ ।

नगरले गत वर्ष कक्षा १ देखि ८ सम्मको पाठ्यक्रम सार्वजनिक गरेको थियो। सोही आधारमा तयार गरिएको कक्षा ५ सम्मको पुस्तक सार्वजनिक गरिएको हो। कक्षा ६ देखि ८ सम्मको पुस्तक लेखन अघि बढाइएको छ। करिब ३ वर्ष लगाएर विज्ञ समूले विभिन्न चरणमा जनप्रतिनिधि, विभिन्न विद्यालयका प्रधानाध्यापक र शिक्षासम्बद्ध सरोकारवाला लगायतसँग छलफल गरी तयार गरेको पाठ्यक्रममा आधारित रहेर पुस्तक लेखिएको थियो। पुस्तकमा सूर्योदय नगरपालिकाको चिनारी, स्थानीय धार्मिक स्थल, विविध जातजाति, स्थानीय चाडपर्व, स्थानीय भाषा, स्थानीय खानेकुरा, स्थानीय पर्यटन, स्रोत तथा साधनलगायत विषयवस्तु समेटिएका छन्।

पुस्तकमा बालबालिकाले विद्यालयको आधारभूत तहमा स्थानीय जनप्रतिनिधिको काम, कर्तव्य र अधिकारका नीतिगत व्यवस्थादेखि नगरपालिकालाई समृद्ध बनाउनेसम्मका विषयसमेत समेटिएका छन्। आधारभूत तहको ८ सय पूर्णाङ्कमध्ये १ सय पूर्णाङ्कको पाठ्यक्रम स्थानीय तहले नै तयार गर्न पाउने प्रावधानअनुसार नगरपालिकाले पाठ्यक्रममा आधारित पाठ्यपुस्तक तयार पारेको हो।

कार्यक्रमका प्रमुख अतिथि संविधान सभा पूर्व सदस्य टिकाराम सुब्बाले सूर्योदय नगरपालिकाले ऐतिहासिक काम गरेकोमा धन्यवाद दिए । विगतमा यसै क्षेत्रका विद्यालयहरुबाट उदाएका ब्यक्तिहरु आज विज्ञ बनेको बताउँदै आजका बालबालिका भोलिको कर्णधार बन्ने बताए । शैक्षिकस्तर उन्नतिका लागी शिक्षक,विद्यार्थी,जनप्रतिनिधी र अभिभावक सबैको भुमिका बराबर हुने भएकाले जिम्मेवार बन्नुपर्ने बताए । साहित्यकार स्व डा तारानाथ शर्मा लगायत बौद्धिक ब्यक्तित्वहरुले शिक्षार्जन गरेको यस क्षेत्रबाट फेरी त्यस्तै हस्तीहरुको उत्पादन हुन सकोस् भन्दै शुभकामना दिए । उन्ले इतिहास पढेरमात्र नहुने भन्दै आफुहरु कसरी ऐतिहासिक बन्न सकिन्छ भनेर खोजी गर्नुपर्ने बताएका छन् ।

कार्यक्रमका अध्यक्ष नगरप्रमुख रण बहादुर राईले नगरपालिकाले स्थानीय पाठ्यक्रम निर्माण गर्दा देखि पाठ्यपुस्तक निर्माण हुँदा सम्मको दौरानमा भएका थुप्रै कार्यहरुमाथि प्रकाश पारेका थिए। साथै उनले पाठ्यपुस्तक तयार पार्दा शुक्ष्म विषयवस्तुलाई समेट्ने प्रयास भएको बताए । आउँदो शैक्षिक सत्रबाट कक्षा १ देखी ५ सम्म हाम्रो सूर्योदय पठनपाठन हुने जानकारी दिईएका छन् । स्थानीय पाठ्यपुस्तकले विद्यार्थीहरूलाई नगरपालिकाको भौगोलिक, साँस्कृतिक र ऐतिहासिक जानकारी दिनुका साथै उनीहरुलाई स्थानीय भाषा, शैली र परम्परासँग चिरपरिचित गराउने र थप व्यवहारीक शिक्षा समेत प्रदान गर्ने विश्वास नगरप्रमुख राईले व्यक्त गरे। उनले शिक्षा क्षेत्रमा नगरपालिकाले स्थापित गरेका मानकहरूबारे चर्चा गर्नुका साथै यस नगरपालिकाले शुरु गरेको नगरको इच्छा,छोरी बुहारीलाई शिक्षा, गणित संग खेलौँ गणितिय धारणा बनाऔँ जस्ता शिक्षा सम्बद्ध कार्यक्रमहरुको चौतर्फी प्रशंसा भएको जानकारी दिए।

उनले लेखकहरुको प्रशंसा समेत गरेका छन् । पाठ्यपुस्तक निर्माणमा सहयोग गर्ने सबैमा धन्यवाद दिँदै स्थानीय पाठ्यपुस्तक प्रभावकारी बनाउन शिक्षकको भुमिका महत्वपुर्ण हुने विचार ब्यक्त गरे । प्रविधिको क्षेत्रमा नगरपालिका अग्रणी रहेको सुनाउँदै बालमैत्री वडा घोषणाले बाल अधिकार सुनिश्चित गर्ने गराउने सन्देश प्रवाह भएको बताएका छन् । फरक प्रसङ्गमा उन्ले, जनप्रतिनिधिलाई चुनाव लागेको पनी बताए । नगरपालिकाको यति महत्वपुर्ण कार्यक्रममा ९ १० र १४ का वडाध्यक्ष र केही सदस्य बाहेकका जनप्रतिनिधी सहभागी नभएको भन्दै गुनासो गरे । उन्ले भने,‘चुनाव लागेछ क्यार कोही आउनुभएन ,कार्यपालिकामा राखेर जानकारी गराउनुपर्ला ।’ कार्यक्रमको औचित्य बुझ्न सुझाव दिँदै उनले जनप्रतिनिधीले नजानी अरुलाई के सिकाउन सकिन्छरु भन्दै प्रश्न गरेका छन् ।

नगर उपप्रमुख दुर्गा भट्टराई र प्रमुख प्रशासकिय अधिकृत मिलन भट्टराईको विशेष आतिथ्यता रहेको कार्यक्रममा वडा नं १० का अध्यक्ष पेमा उर्गेन लामाले स्वागत मन्तब्य राखेका थिए । विशेष अतिथि भट्टराईले बालबालिकाको स्तरवृद्धि गर्न हरसम्भव प्रयास गरिएको बताए । शिक्षा नै पहिलो आधार भएकाले गुणात्मक शिक्षामा ध्यान जानुपर्ने बताएका छन् । अतिरिक्त कृयाकलापमा सूर्योदयका बालबालिका अब्बल रहेकाले त्यसतर्फ पनी ध्यान पुर्याउन आग्रह गरेका छन् । आजको दिन ऐतिहासीक भएको भन्दै कार्यक्रम बालबालिका प्रती समर्पित रहेको बताए । पुस्तकले विद्यार्थीलाई घर,परिवार,समाज र नगरपालिका प्रति उत्तरदायी बनाउन सहयोग पुर्याउन सक्ने बताए । नगरपालिकालाई चाँडै बालमैत्री घोषणा गर्ने बताउँदै यसलाई दिगो बनाउन र फलदायी बनाउन नगरबासीलाई अपिल गरे ।

सम्पुर्ण विद्यालयको तर्फबाट शुभकामना मन्तब्य राख्दै फिक्कल माविका प्रधानाध्यापक गंगा बहादुर महतले बालमैत्री निर्माण गर्ने कुरा नै चुनौती रहेको भन्दै खुशी नै त्यस्को पहिलो सुचक रहेको बताए । सनौलो विहानीले दिनको संकेत गर्ने भन्दै आजको जबरजस्त शिक्षाले विद्यार्थीको इच्छामा कुठाराघात भएको बताएका छन् । उनले विद्यार्थी भविष्यमा के बन्न चाहान्छ होईन हामी उनिहरुलाई के बनाउन चाहान्छौँ भन्ने परिपाटी गलत भएको बताए । उन्ले हाम्रो समाज,संस्कृति र शैक्षिक प्रणाली नै बालमैत्री नभएको बताउँदै घोषणापछि कार्यन्वयनमा जटिलता आउन सक्नेतर्फ सचेत गराए ।

सूर्योदय नगरपालिका बाल संजाल अध्यक्ष सुम्निमा तामाङ र सल्लाहकार रिन्छेन तामाङले बालबालिकाका क्षेत्रमा भएका प्रयास प्रशंसायोग्य रहेको बताएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार