जलवायु परिवर्तन न्यूनिकरणमा स्थानीय सरकारको भूमिकावारे अन्तरक्रिया कार्यक्रम सम्पन्न

  नयाँ बुलन्द
63 Shares

इलाम : जलवायु परिवर्तन न्यूनिकरणमा स्थानीय सरकारको भूमिकावारे अन्तरक्रिया कार्यक्रम भएको छ । सहयात्रा नेपाल इलामको आयोजना र प्रकृति रिसोर्सेस सेन्टरको सहयोगमा अन्तरक्रिया सम्पन्न भएको हो । इलाम सदरमुकाममा भएको कार्यक्रममा जलवायु परिवर्तनले वातावरणमाहुने असर र चुनौतीको वारेमा वातावरण विद दावा लामाले प्रस्तुति राखेका थिए  भने वलवायु परिवर्तन नियन्त्रणमा स्थानीय सरकारले के के गर्न सक्छन भन्ने विषयमा वातावरण विद लुना खतिवडाले प्रस्तुत गरेकी थिईन । कार्यक्रममा जिल्लाका राजनैतीक दलका प्रतिनिधी, सञ्चारकर्मी र स्थानीयको उपस्थीत रहेको थियो । इलाम नगरपालिका वातावरण संयोजक नुतन दुलालले जलवायु परिवर्तन रोक्न सवै आ आफ्नो ठाउँबाट लाग्दा सम्भव हुने वताए । उनले वातावरण संरक्षमा स्थानीयको भूमिका महत्वपूर्ण रहने भन्दै सवैको सहयोग रहने अपरिहार्य रहेको वताए । जलवायु परिवर्तन नियन्त्रणमा राजनैतीक दलहरुले प्रतिवद्यता समेत गरेको सहयात्रा नेपालकी सविता पाण्डेले वताईन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार