जीवनज्योति माविको अध्यक्षमा राई निर्वाचित

  नयाँ बुलन्द
476 Shares

माङसेबुङ : इलामको माङसेबुङ गाउँपालिका ३ चतुरेस्थित जीवनज्योति माध्यमिक विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा देवाहाङ राई निर्वाचित भएका छन् ।

सोमबार विद्यालय व्यवस्थापन समितिका अध्यक्षका लागि भएको निर्वाचनमा राई निर्वाचित भएका हुन् । खसेको ७ मतमध्ये देवाहाङले ४ मत प्राप्त गरेका थिए । उनका प्रतिष्पर्धी सुरेश राईले ३ मत पाएका थिए ।

समितिका सदस्यहरुमा सुरेश राईसहित दिपक राई, उमा थापा, बिमला लिम्बू, कविता राई, नरेश देवान (शिक्षक प्रतिनिधि), मैतराज राई (पदेन सदस्य) र सदस्यसचिवमा मदनकुमार राई (प्रधानाध्यपाक) रहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार